हिरा थोकर, भन्ने बित्तिकै दोलखामा एक ईमानदार, स्वाभिमानी, वैचारिक एवं सांगठनिक क्षमता भएका एमाले नेताको रूपमा चिनिन्छ । हिरा थोकरलाई एउटा समुदाय मात्र होइन सिङ्गो जिल्लाको समृद्धिको रुप हो भन्ने गरिन्छ । मेलुङ गाउँपालिका अन्तर्गत वडा नं, ३ का वडा अध्यक्ष समेत रहेका थोकर ले कुनै सरकारी सुविधा लिनु भएको छैन । तरपनि उहाँ जनताकै सुविधाका लागि उनीहरूकै घर दैलोमा पुग्नुहुन्छ । सामाजिक सुरक्षा भत्ता लिएर होस् वा न्याय नपाएका पीडितहरुलाई न्याय दिलाउन उहाँ जनताको घर-घरमा पुग्नुहुन्छ । वडाका हरेक विकास निर्माणका काममा प्रत्यक्ष सहभागी हुनुहन्छ ।

करिब ३ दशकको राजनीतिक यात्रामा थोकरले धेरै दु:खको सामना गर्नुपर्यो । माओवादीको सशस्त्र द्वन्द्वको क्रममा यातना भोग्नुपरेको र गाउँबाट नै विस्थापित हुनुपरेको पिडा सुनाउँदै थोकर भन्छन्, दु:खसँग डराएर राजनीतिमा लागेको होइन, जस्तोसुकै चुनौती आएपनी मैले देखेको समृद्ध दोलखाको सपना पूरा गर्न म हरदम कटिबद्ध छु । विद्यार्थी हुँदादेखि नै राजनीतिमा, समाज रुपान्तरणमा क्रियाशिल थोकर अहिले नेकपा( एमाले ) दोलखाको जिल्ला कमिटी सदस्य छन् । अनावश्यक विचारहिन गुटबन्दीको चपेटामा परेर धेरै राजनीतिक अवसरहरुबाट बन्चित भएका थोकरको लक्ष्य यसपटकको जिल्ला अधिवेशनबाट पार्टीलाई गुटबन्दीबाट माथी उठाउनुपर्ने दायित्व रहेकोे बताउँछन् ।

थोकर भन्छन् , नेतृत्वलाई ढोगेर पद लिने प्रथाको अन्त्य गर्दै पार्टीलाई वैचारिक, सांगठनिक, नैतिकवान बनाउने दिशामा लानुपर्छ । जिल्ला सचीवमा उम्मेद्बारी दिने घोषणा गरेका थोकर उत्कृष्ट वडा अध्यक्ष समेत हुन् । जनताको सेवा गर्नु नै आफ्नो मुल राजनीतिक धर्म रहेको बताउने थोकर पार्टीको मात्र होइन सिङ्गो दोलखाको नेता हुन् । यिनै वैचारिक नेता थोकरको उम्मेद्बारी किन भन्ने प्रश्नमा विचार विन्यासका प्रधान- सम्पादक रविन्द्र ढुंगेलले नेता थोकरसँग खोज्नुभएको कारणहरु  उहाँकै भाषामा यसप्रकार छन् ।

१) खेती गर्दा टाट पल्टिने स्थितिले दोलखाका किसानलाई परम्परागत पेशाबाट पलायन बनाइरहेको मात्र छैन, ग्रामीण समाजको जीवन–आधारमै सङ्कट निम्त्याएको छ त्यसैले किसान बेसहारा हुने दुश्चक्रलाई उन्मुलन गर्दै स्थानीय कृषि क्रान्तिको बिजारोपण गर्नेछु ।

२) पार्टीलाई वैचारिक, सांगठनिक , सिद्धान्तनिष्ठ, राजनैतिक, जनपक्षीय, ईमानदार, समन्वयकारी, नैतिकवान बनाउँदै आगामी निर्वाचनको लागि भौगोलिक – अवस्थागत खाका तयार गर्न र पार्टीलाई मात्र होइन, विकासको क्षेत्रमा जिल्लालाई नै पहिलो बनाउनेछु ।

३) सर्वहाराको नाममा सर्वभोगी बन्ने तुच्छ चरित्रको वर्तमान कम्युनिस्ट रुपलाई रुपान्तरण गर्दै सर्वहारा र किसानको पार्टी बनाउन र शिक्षा, स्वास्थ्य जस्ता सार्वजनिक महत्त्वका क्षेत्रमा भएको चरम गुटबन्दीको अन्त्य गर्न आपसी समन्वय गर्नेछु ।

४) हरेक वर्ग, समुदायलाई अन्याय- अत्याचारबाट मुक्त गराउदै सामाजिक न्यायको अनुभुती गराउन र यूथ भिजन तथा रोजगार मोडालोटी तयार गर्दै समृद्ध दोलखाको निर्माणको थालनी गर्नेछु ।

५) पार्टीको टिके प्रथालाई निर्मुल पार्दै क्षमतावान, सबल कार्यकर्ता तयार गर्न र समान अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक बिधिमा पार्टीलाई डोर्याउनेछु ।

६) राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन गराउनेछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय