दाेलखा: भिमेश्रर नगरपालिका वडा नं-२, दुङ्गलमा कार्यालय रहेकाे त्रिपुरा महिला सहकारी संस्था लि.काे २६ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष साेममैया श्रेष्ठकाे सभाध्यक्षमा सम्पन्न साधारणा सभामा जिल्ला सहकारी संघ लि. दाेलखाको अध्यक्ष हेमन्त चाैलागाइकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । त्यस्तै कार्यक्रममा अथितीहरू भिमेश्रर नगर कार्यपालीका सदस्य लाल कृष्ण थामी भिमेश्रर नगरपालिका सहकारी बिभागका अधिकृत नारायण सेडाइ लगायत अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे ।
साधारणसभाले संस्थाका अध्यक्ष साेममैया श्रेष्ठले प्रस्तुत गर्नुभएकाे प्रतिवेदन, संस्थाका सचिव श्रृजना खड्काले प्रस्तुत गर्नभएकाे कार्यक्रम, काेषाध्यक्ष कुमारी जाेशीले प्रस्तुत बजेट तथा व्यवस्थापकीय प्रगति प्रतिवेदन, लेखा समितिका संयाेजक बिना श्रेष्ठले प्रस्तुत गर्नुभएकाे लेखा समितिकाे प्रतिवेदन पारित गरेकाे छ ।

प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका सचिव श्रृजना खड्का ब्यवस्थापक बुद्धि बहादर अचाजुले संस्थाले प्रदान गर्ने सेवा समय सापेक्ष परिवर्तन गरिँदै लगिएकाे बताउनुभयाे । संस्थाले महिला शेयर सदस्यहरूलाइ व्यवसायिक गतिविधि गरी परिणाममुखी प्रविधिलाई प्राथमिकता दिँदै आएकाे बताउनुभयाे । आर्थिक वर्ष २०७७/०७८ काे असार समान्तसम्म संस्थाकाे कुल दायित्व ७ कराेड ६४ लाख ६४ लाख ४४ हजार ५८ रूपैयाँ पुगेकाे छ । ६ कराेड ३६ लाख ३६ लाख २५ हजार १ सय लगानी , ९ लाख १५ हजार ९ सय १५ रूपैयाँ खुद बचत (नाफा) गर्न संस्था सफल भएकाे छ ।

साधारणसभामा संस्थाका ७० वर्ष पूरा भएका ३५ जना शेयर सदस्यहरूलाई न्यनाे कपडा तथा नगद सहित सम्मान गरिएकाे साथै उत्कृष्ट ब्यवसायिक शेयर सदस्य १ जना, उत्कृष्ट बचतकर्ता १ जना, उत्कृष्ट ऋणी १ जना, SEE २०७७ मा A ग्रेड भन्दा माथि ल्याउन सफल ३ जना गरि ७ जनालाई नगद तथा प्रशंसा पत्र सहित सम्मान गरेकाे थियाे ।

