सुधन गुरुङ पुनः गृहमन्त्री बनेका छन्। वालेन्द्र शाहले सुधनलाई नै फेरि गृहमन्त्री किन बनाए भन्ने प्रश्न यतिबेला नागरिक समाजमा उब्जिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेका अन्य सांसदहरुलाई वालेन्द्रले किन योग्य देखेनन् यो प्रश्न गहन छ ।
सुधन गुरुङ माथि फितलो अनुसन्धान भएको आरोप लागेको छ । सुधन गुरुङ मन्त्री भएसँगै सुधनले भ्रष्टाचार विरुद्ध आफ्नो अभियान निरन्तर जारी रहने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको इच्छा विपरीत सुधन मन्त्री बनेको केही स्रोतहरूले बताएका छन्।
