काठमाडौँसत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिएका छन् संघ, प्रदेश स्थानीयसरकार वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले बताए                                 मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापालेएमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे वर्षपछि कांग्रेसले जनताको माझमा जाँदा योयोकाम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने उनले बताए

उनले भने, ‘पाँच वर्षको अवधि मैले भनिरहेको छु नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ संघमा कांग्रेसका सरकार, प्रदेशमाकांग्रेसको सरकार, सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार अघि पूर्वप्रधानमन्त्रीले भनेर गइसक्नु भएको त्यो ठीक, बेठीकछौंडौं तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं अब कसैलाई दोष दिएर पाइँदैन अब भूतप्रेतलाई भनेर पनिपाइन्न

भूतपूर्वराजालाई भनेर पनि पाइन्न अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाइन्न गर्ने जिम्मा लिएर आएपछि अब हामीलेगर्नुपर्छ अवको पाँच वर्षपछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली कांग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेरबोल्न पाएको पो उपलब्धि भो जिम्मा हामीले लिने संघको सरकार हामीले चलाउने वर्ष देशको सरकार कसले चलाउने ?कांग्रेसले चलाउने प्रदेश स्थानीय सरकार हामीले चलाउने अब कसैलाई दोष पन्छाएर पाइन्न परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौं

महामन्त्री थापाले शिक्षकहरूको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरे शिक्षकहरुलाई खुसी नबनाइ मुलुकको शैक्षिक क्षेत्रकोविकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो            

महामन्त्री थापाले भने, ‘अबको / महिना भित्र संघीय शिक्षा ऐन पारित गर्नु पर्नेछ ऐन पारित गर्ने तर ठीक बनेन भने के गर्ने ? योऐनले समस्या समाधान गर्नुपर्‍यो अब स्कुल मर्जर गरेर नगई हुँदैन ठूल्ठूला विद्यालय चाहिन्छ फन्डिङ त्यहीअनुसारको चाहिन्छ शिक्षकलाई खुसी बनाउने गरी उनीहरुको तलब, मान सम्मानमा सरकार पूरै उदार भएर काम गर्नु पर्दछ अनि मात्रै शिक्षकहरुको काममापनि उदारताको अपेक्षा गर्न मिल्छ

महामन्त्री थापाले संघीय शिक्षा ऐन महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाईआग्रह गरे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय