
जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन्।
नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा जुम्लाले अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरेको हो।
दलित मुक्ति मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीले विद्यमान जातीय विभेदलाई तोडेर विवाह गर्ने जोडिलाई सम्मानगरिएको बताए। विद्यमान अवस्थामा उनीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको उनको भनाइ थियो।
सम्मानित अन्तरजातीय जोडिले यस महत्त्वपूर्ण कार्यका लागि धन्यवाद दिए। जुम्ला गुठिचौर गाउँपालिका निवासी उमेश परियारलेयस्तो कामले आफ्नो परिवारलाई थप हौसला मिलेको सुनाए।
कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ।
कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउनेप्रवृत्ति अब हट्दै जानुपर्ने भन्दै कार्यक्रमका लागि जुम्ला नेकपा माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गरे।