काठमाडौँ  अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको  लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेलसफलआइतबारसर्वोच्च अदालत पुगेका थिए  मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको हो रिटको पेसी मंगलबारका लागितोकिएको

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नुभन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको  आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकता पेशगरी पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा () विपरीतको कार्य कसुर हो भन्ने कुरामाविवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण भन्ने प्रस्ट रहेको उनले जिकिरगरेका छन्  

त्यस्तै राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरगएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन्  

लामिछानेले उक्त राहदानी कुनकुन समयमा के  कुन प्रयोजनका लागि प्रयोग (दुरुपयोग) गरेका थिए भन्ने विवरण अध्यागमनविभागबाट झिक्नुपर्ने उनको माग रहेको दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकारप्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममाअन्तरिम आदेश जारी गर्न पनि पौडेलले रिटमा माग गरेका छन्  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय