काठमाडौँ कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारकोहातमा नरहेको बताएका छन्  

रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्दै उनले तर कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रष्टयाएका हुन्   

अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्ने भएकाले सो मलको आयात यति नै हुन्छभनेर भन्न सक्ने अवस्था सरकार नरहेको मन्त्री भुसालको भनाई थियो मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएकाजिज्ञासाहरुको जवाफ दिनेक्रममा उनले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिब ७५ प्रतिशत सम्झौता भइसकेपनित्यसलाई ल्याउने कुराको टुंगो नभएको पनि सदनलाई जानकारी गराए   

मन्त्री भुसालले रासायनिक मलको आवश्यकता व्यवस्था मिलाउन कृषकलाई ऋण अनुदान उपलब्ध गराउने कार्यमा दूरुपयोग हुननदिने विषयमा लिखित सुझाव दिन पनि सांसदहरुलाई आग्रह  गरे   

मन्त्री भुसालले सरकारले किसानहरुको समस्या समाधानका निम्ति सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धतापनि पटकपटक दोहोर्याए   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय