काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रोमत ल्याउने बताएका छन् आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँगकुराकानी गर्दै लामिछानेले निर्वाचनमा राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएका हुन्

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मलाई केही अनौठो लागेको अस्ति भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ मान्छेकोजीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् तर तात्त्विक रूपमा केही फरक छैन निर्वाचनका लागि उत्साहित छु तरमतान्तर कति हुन्छ भनेर भन्न सक्दिनँ यसका लागि निर्वाचनको अन्तिम परिणाम कुर्नै पर्छ यद्यपि राम्रो हुन्छ भनेर अपेक्षा गरेको छु पहिलेको भन्दा पनि राम्रो हुन्छ भन्ने प्रतिक्रिया आइरहेका छन् ’ लामिछानेले मुलुकको समृद्धिका लागि, सुशासनका लागि, आउँदोपुस्ताको सुन्दर भविष्यका लागि तथा राजनीतिमा शुद्धताका लागि आफूले उम्मेदवारी दिएको जानकारी दिए

गत मङ्सिर गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछिचितवन क्षेत्र नं. मा उपनिर्वाचन हुन लागेको हो लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपाएमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा  नागरिक उन्मुक्ति पार्टीका राजेशअधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय