काठमाडौँनेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डबाट लाइसेन्स प्राप्त संस्थाबाट आफ्नै कम्पनीको मूल्यांकनगराउँदै त्यसैका आधारमा विभिन्न बैंकबाट एक अर्ब ऋण लिएका छन् बोर्डको आचारसंहिता नियमावलीविपरीत काम गरेकोआरोपमा तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएका थिए, लगत्तै आएका अध्यक्षले पनि आफ्नै कम्पनीलाई फाइदा हुने कामगराएका छन् 

धितोपत्र बोर्डका अध्यक्ष हमाल ओमस्टोन एसिया क्यापिटल (नेपाल) प्रालिका मालिक पनि हुन् उनले बोर्डबाट लाइसेन्स पाएको इक्रानेपालबाट आफ्नो कम्पनीको मूल्यांकन (रेटिङ) गराएका हुन् बोर्डमा अध्यक्ष नियुक्त भएपछि २०७९ असोज ३१ मा इक्रा नेपालबाटओमस्टोनको रेटिङ गराएर उनले सानिमा बैंक राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिएका हुन्

यो नेपाल धितोपत्र कर्मचारी सेवा सर्त नियमावली नेपाल धितोपत्र बोर्डका कर्मचारीको आचारसंहिता २०७३ को व्यवस्थाविपरीत होनेपाल धितोपत्र कर्मचारी सेवा सर्त नियमावलीमा कर्मचारीले कम्पनीको स्थापना सञ्चालन तथा व्यापार व्यवसाय गर्न नपाइने उल्लेख जसअनुसार कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्ट्रेसन वा सञ्चालनको काममा भाग लिन, प्रचलित कानुनबमोजिम दर्तागराउनुपर्ने कुनै व्यापार वा व्यवसाय गर्न अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न नपाइने उल्लेख

धितोपत्र बोर्डका कर्मचारीको आचारसंहिता २०७३ को दफा को खण्ड () बमोजिमकर्मचारीभित्र बोर्डको कार्यकारी प्रमुख भईकाम गर्ने अध्यक्षसमेत पर्छन् धितोपत्र बोर्डकै अध्यक्ष भएका बेला कम्पनीहरूको सेयर लिएको पुष्टि भएपछि तत्कालीन अध्यक्षढुंगानालाई अर्थ मन्त्रालयले बर्खास्त गरेको थियो रिक्त पदमा २०७८ फागुनमा सरकारले हमाललाई नियुक्त गरेको हो

राष्ट्र बैंकको एकीकृत निर्देशन नं. /०७८ को बुँदा ३४ मा बैंक तथा वित्तीय संस्थाले ५० करोड रुपैयाँ वा सोभन्दा बढीको कर्जा उपयोगगर्ने ऋणीलाई कर्जा प्रवाह गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनको आधारका रूपमालिनुपर्ने व्यवस्था यही प्रयोजनका लागि अध्यक्ष हमालले आफैंले अनुमति दिएको संस्थाबाट आफ्नो कम्पनीको रेटिङ गराएका हुन्

धितोपत्र बोर्डमा कुनै पनि पदमा रहँदासम्म स्वार्थ बाझिने

कुनै काम गर्न नहुने नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको भनाइ बोर्डका अध्यक्षलगायत कुनै पनि कर्मचारीलेबोर्डको कामसँग सम्बन्धित कुनै व्यक्तिसँग ऋण वा सापटी लिन वा निजको आर्थिक कृतज्ञतामा पर्ने काम गर्न नहुने उनको भनाइ थियोबोर्डको नेतृत्व गरिसकेपछि लिखित कुरालाई मात्र हेर्नु हुँदैन, कति कुरा अलिखित (इम्प्लिसिट) हुन्छन् तर अनिवार्य रूपमा पालनागर्नैपर्छ, त्यस्ता काम पनि गर्नु हुँदैन,’ उनले भने, ‘बोर्ड आफैंले लाइसेन्स दिएको आफ्नै नियमनभित्र रहेको संस्थाबाट निजी व्यवसाय आर्थिक कृतज्ञतामा पर्ने काम गर्दा स्वार्थ नबाझिने भन्ने हुँदैन

यस्ता गतिविधि रोक्नकै लागि आफू अध्यक्ष रहँदा आचारसंहिता बनाइएको उनले बताएआचारसंहिता बनाउँदा पनि रस्साकसी भएकोथियो, पहिले सञ्चालक समितिका लागि आचारसंहिता बनाएर मात्र कर्मचारीका लागि बनाइएको हो,’ उनले भने, ‘आचारसंहितालाईलिएर पछिका अध्यक्षहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको थियो

बोर्डमा अध्यक्ष हुने निजी व्यवसाय पनि गर्ने छुट कसैलाई नरहेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं धितोपत्र बोर्डका पूर्वअध्यक्षचिरञ्जीवी नेपालले बताए व्यवसायी बोर्डमा जाँदा स्वार्थ बाझिने भएकै कारणले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का प्रतिनिधि बोर्डमा सञ्चालक रहने व्यवस्थाविरुद्ध आफूहरूले आवाज उठाएको उनलेदाबी गरेबोर्डको सञ्चालक समितिमा नियुक्तिबारे सरकारले ठूलो गल्ती गरेको ,’ उनले भने, ‘नीति पनि आफैं बनाउने कार्यान्वयनपनि आफैं गर्ने काम ठीक होइन, यस्तो अवस्थामा स्वार्थ नबाझिने भन्ने हुँदैन

स्वार्थ नबाझियोस् भन्नकै लागि सरकारले स्वतन्त्र निष्पक्ष मानिसलाई बोर्डमा अध्यक्ष बनाउनुपर्ने जाने मान्छेले पनि स्वार्थ नबाझिनेगरी काम गर्नुपर्ने उनले बताएयो कुरा सरकारले अध्यक्ष बनाउँदा नै सोच्नुपर्छ जाने मानिस पनि त्यसमा क्लियर हुनुपर्छ,’ उनले थपे, ‘नियुक्तिका बेला यी कुरा विचार नगर्दा धेरै समस्या आउँछन्

नीति बनाउने निकाय कार्यान्वयन गर्ने निकायमा पनि एउटै व्यक्ति हुँदा बैंकहरूमा स्वार्थ बाझिने धेरै काम भएकाले आफू गभर्नर हुँदासांसदहरू बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न नपाउने व्यवस्था गरिएको उनले स्मरण गरे

स्वार्थ बाझिएकै कारण वित्तीय क्षेत्रमा विकृति भित्रिएको निष्कर्षका आधारमा नेपालमा बैंकर व्यवसायी छुट्याउनुपर्ने बहस सुरु भएकोजानकारहरू बताउँछन् स्वार्थ नबाझियोस् भन्नकै लागि पूर्वअर्थमन्त्री एवं पूर्वगभर्नर युवराज खतिवडा, पूर्वगभर्नर नेपाललगायतलेआफूहरू पदमा रहँदा बैंकर व्यवसायी छुट्याउनुपर्ने धारणा राख्नुले पनि यो पुष्टि हुने जानकारहरू बताउँछन्

बोर्डका अध्यक्षले अरू कर्मचारीसरह सेवासुविधा पाउने अरू कर्मचारीलाई पनि नीति निर्देशनभित्र बसेर काम लगाउने भएकाले आफैंलेस्वार्थ बाझिने काम गर्न नहुने नेपाल धितोपत्र बोर्डका अर्का एक पूर्वअध्यक्षले बताएस्वार्थ बाझिने छँदै त्योभन्दा ठूलो कुरानैतिकताको हो,’ ती अधिकारीले भने, ‘धेरै कुरा नियम कानुनमा लेखिएको हुँदैन तर ती काम गर्दा प्रत्यक्ष रूपमा स्वार्थ बाझिन्छयसकारण बोर्डको नेतृत्वले पाइलापाइलामा सजग सचेत भएर काम गर्नुपर्छ

स्वार्थ बाझिने काम गरेकै आरोपमा बोर्डका पूर्वअध्यक्ष ढुंगानालाई तत्कालीन सरकारले बर्खास्त गरेको स्मरण गर्दै ती अधिकारीले भने, ‘विवाह गरेर देशबाहिर बस्ने छोरीले सेयर खरिद गरेको आरोपमा ढुंगानालाई सरकारले कारबाही गरेको , अहिलेका अध्यक्षले गरेकोकाम त्योभन्दा ठूलो नैतिकतासँग जोडिएको हो,’ ती अधिकारीले भने, ‘कसैलाई विवाह गरेकी छोरीले किन सेयर किनेको भनेर बर्खास्तगर्ने, कसैलाई बोर्डकै अध्यक्ष रहेका बखत स्वार्थ बाझिने गरी निजी व्यवसाय गर्न छुट दिनुभएनयसकारण बोर्डको अध्यक्ष रहुन्जेलव्यावसायिक जिम्मेवारी बिर्सनुपर्ने उनको धारणा

बोर्डका अध्यक्ष हमालले इक्रा रेट्रिङ कम्पनीमा आफ्नो लगानी नभएकाले सो कम्पनीबाट रेटिङ गराउँदा स्वार्थ नबाझिने दाबी गरेधितोपत्र बोर्डमा आउनुअघि नै रेटिङ गराएको हो,’ उनले भने, ‘रेटिङ कम्पनीले स्वतन्त्र रूपमा रेटिङ गर्ने भएकाले त्यो काम गर्दा स्वार्थबाझिएको जस्तो लाग्दैन तपाईंहरूलाई त्यस्तो लाग्छ भने हेर्नुस् उनी एक पटक बोर्ड अध्यक्ष हुनुपूर्व रेटिङ भएको हो तर उनी बोर्डअध्यक्ष भएपछि पुनः २०७९ असोज ३१ मा पनि रेटिङ गराएका हुन्

ओमस्टोन एसिया क्यापिटल नेपाल प्रालि (ओएसीएनपीएल) ले धुलिखेलमा पाँचतारे होटल तथा रिसोर्ट स्थापना गर्न लागेको दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा नामक उक्त होटल स्थापनाका लागि सानिमा बैंक राष्ट्रिय वाणिज्य बैंकले सहवित्तीयकरणमाकर्जा प्रवाह गरेका छन् २०७६ फागुन मा बैंकहरूले पहिलो पटक ऋण सम्झौता गरेका थिए सोही आयोजनाअन्तर्गत गत असोजमाकम्पनीले दोस्रो पटक रेटिङ गरेको हो एक पटक गरेको रेटिङ वर्षसम्म कायम रहन्छ इक्रा नेपालका अनुसार उक्त कम्पनीलेफोररेटिङ ग्रेड पाएको यो धेरै राम्रो ग्रेड भने होइन उक्त कम्पनीमा भारतीय मूलका दुबईमा व्यवसाय गरिरहेका विष्णु मोर धितोपत्र बोर्डका अध्यक्ष हमाल मुख्य लगानीकर्ता हुन्

ओएसीएनपीएलले दुसित थानी हिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन सञ्चालनका लागि दुसित इन्टरनेसनलसँग सहकार्य गर्नेबताइएको कम्पनीले दुसित इन्टरनेसनलसँग १० वर्षका लागि सहकार्यको सम्झौता गरिसकेको दुसित इन्टरनेसनलथाइल्यान्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्रान्ड हो ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवंगुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेसनलको हाल डेढ दर्जनभन्दा बढी देशमा तीन दर्जन होटल तथा रिसोर्ट सञ्चालनमाछन् अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेसिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की यूएईलगायत देशहरूमा ५२ वटा आयोजना निर्माणाधीन रहेको जनाइएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय