
धनगढी — छैठौं संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । धनगढी रंगशालाखेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २—० गोल अन्तरले पराजितगर्दै थ्रीस्टारले उपाधि जितेको हो ।
थ्रीस्टारलाई उपाधि दिलाउन विक्रम लामा र अनिल महर्जनले गोल गरे । खेलको ७३ औं मिनटमा अनिल महर्जनले फ्रिकिकमार्फतथ्रीस्टारलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा विक्रम लामाले हेडद्वारा गोल गर्दै थ्रीस्टारको जित सुनिश्चितगरे । मध्यान्तरसम्म दुवै टिमबाट गोल हुन सकेन ।

खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबलाई
फाइनल खेलको म्यान अफ अफ द म्याच थ्रीस्टारका अनिल महर्जन चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उपाधिसँगैथ्रीस्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङ मर्स्याङ्दीले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
विधागत तर्फको पुरस्कारमा समेत थ्रीस्टारको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी थ्रीस्टारका कप्तान विक्रम लामा घोषितभए । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । यस्तै उत्कृष्ट गोलरक्षक थ्रीस्टारकै मोहम्मद ताहा रहे । उत्कृष्ट डिफेण्डर पनि थ्रीस्टारकापिटर सेगुन, उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी घोषित भए ।
यस्तै उत्कृष्ट मिडफिल्डर मनाङका बिशन गुरुङ र सर्वाधिक गोलकर्ता सायीजमल घोषित भए । विधागत तर्फका उत्कृष्ट खेलाडीलेजनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सुदूरपश्चिम—११ का दिेपेन्द्र मलासी उदयमान खेलाडी चुनिए । उनले २५ हजार रुपैयाँपुरस्कार पाए ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको यस प्रतियोगितालाई सुदूरपश्चिम —११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।प्रतियोगिता समापन समारोहका मुख्य अतिथि प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले विजेतालाई नगद रट्रफी प्रदान गरेका हुन् ।