काठमाडौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चारआङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन्   त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथलीइञ्जिनीयरिङ क्याम्पस पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचनकेन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिए ती सबै क्याम्पसमा रामलक्ष्मणइनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ

 

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिए उनकाअनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस पूर्वाञ्चल इञ्जिनीयरिङक्याम्पसमा १२÷१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ

 

उनले चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने बताए त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथलीक्याम्पसमा ४१ पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार सय ९९ धरानमा एक हजार नौ सय ४१ मतदाता छन्।स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली उपाध्यक्ष, सहसचिव तथा ५०प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन्   रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमामतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताए उनका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन् बिहान देखि अपराह्न बजेसम्मका लागि मतदानको समय तोकिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय