काठमाडौं चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डीन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको जुमबैठकमा उनले एक महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि छानबिनका लागि उनी निलम्बित भएकाहुन्। 

विश्वविद्यालयका उपकुलपति प्राध्यापक पुण्य प्रसाद रेग्मीले डीन दत्तका अश्लील क्रियाकलापका सम्बन्धमा छानबिन गर्न बिहीबार तीनसदस्यीय छानबिन समिति समेत गठन गरिएको रातोपाटीसँग बताए। रेग्मीका अनुसार विश्वविद्यालयकै प्रा.डा. श्रवण कुमार साहकोसंयजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १५ दिन भित्र सत्यतथ्य जाँच गरी प्रतिवेदन बुझाउनभनिएको छ। रेग्मीले भने,‘ दत्तजीका अश्लील हर्कतबारे छानबिन हुन्छ। प्रतिवेदन आएपछि उहाँलाई थप विभागीय कारबाही हुने वा नहुनेनिक्र्यौल गर्छौं।’ 

कृषि संकायका डीन प्रा. जयप्रकाश दत्त

दत्तले कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा अश्लील हर्कत देखाएका थिए। उनी कृषि संकायको डीनको बर्सेपहिलो कार्यकाल पूरा गरेर अहिले थप बर्से दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए

त्यसैगरी चितवनस्थित नेपाल प्रगतिशील प्राध्यापक संघले डीन दत्तलाई सेवाबाट बखास्र्त गर्नुपर्ने माग गरेको छ। सामाजिक सञ्जालमाबुधबार डीन दत्तले गरेका अश्लील हर्कतको भिडियो बाहिरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय