काठमाडौँनवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत  प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् साथै शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउन आफ्नो भूमिका रहने बताए

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्  उनले मुलुकलाई समृद्धितर्फलैजाने काममा पनि आफू लाग्ने बताए 

शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने पनिउनको प्रतिबद्धता थियो 

राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्न मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ  मुलुक समृद्ध रुपमा अघि बढोस्  शान्तिप्रक्रियाका कामहरु निस्कर्षमा पुर्‍याउन बाँकी , त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ  हाम्रो क्षेत्रकाजनताकै मतका कारण यहाँसम्म आइपुगेको हुँ  उहाँहरुसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद आभार व्यक्त गर्छु 

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता सांसदहरुप्रति धन्यवाद प्रकट गरेका थिए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय