फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा सोमबार (आज) राति १२ बजेदेखि मौनअवधि सुरु हुँदैछ राष्ट्रपतिका उम्मेदवारकांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन

कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा आम जनता पार्टी गरी १० दलसंस्थागत रुपमा पौडेलको पक्षमा उभिएको अवस्था

यता एमालेले पौडलविरुद्ध पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मैदानमा पठाएको नेम्वाङलाई मौनअवधिसम्म एमालेबाहेकका दलको समर्थन छैन

पाँच दलले भने राष्ट्रपतिका दुई उम्मेदवार पौडेल नेम्वाङमध्ये कसलाई मत दिने भनेर कित्ता क्लियर नगरेको अवस्था राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी संघीय समाजवादी पार्टीले राष्ट्रपतिमा कसलाई मत दिन्छन् भन्ने प्रस्ट भएको छैन

प्रतिनिधिसभामा १४ प्रदेश सभामा २८ सांसद भएको राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिनेनलिने भन्नेमा विवाद राजसंस्थाको वकालत गर्ने राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने मत जबरजस्त देखिन्छ राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेननिर्वाचनमा भाग लिनुपर्ने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतविपक्षमा छन्

नेम्वाङले बिहीबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराही पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसँग मत मागेका थिए राष्ट्रपतिको निर्वाचनमाकसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते निर्णय लिने राप्रपाको जवाफ थियो राप्रपाका नेताहरुका अनुसार राष्ट्रपतिमा मतदिन निर्णय भए नेम्वाङलाई भोट दिने सम्भावना बढी

कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन् सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेललेअध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरुसँग भोट मागेका हुन्  यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्षलिङदेनलाई पत्र पठाएका थिए

यस्तै संघीय संसदको चौथो ठूलो दल रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय गरेको छैन तर कांग्रेस एमालेकानेताहरु भोटका लागि रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेट्न पार्टी कार्यालय पुगेका थिए

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेर पौडेल लामिछानेलाई भेट्न उनको निवास पुगेका थिए आफू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको लामोराजनीतिक यात्रा रहेकाले समर्थन गर्न लामिछानेलाई पौडेलको आग्रह थियो

लामिछानेले पार्टीले निर्णय गर्नै बाँकी भएको जवाफ दिए मैले उहाँलाई पार्टीले निर्णय गर्न बाँकी , पार्टीगत निर्णय गर्छौं भनेँ तपाईंलाई शुभकामना भनेँ,’ लामिछानेको भनाइ त्यसपछि शुक्रबार पनि पौडेल भोट माग्न रास्वपाको पार्टी कार्यालय पुगेका थिए यस्तै बिहीबार एमाले नेताहरु रास्वपा सभापति लामिछानेलाई भेट्न बसुन्धारामा पुगेका थिए एमाले राष्ट्रपतिमा सहयोग गर्न आग्रहगर्दा लामिछानेले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने बताएका थिए

नेम्वाङ राष्ट्रपतिका लागि एउटा उपयुक्त पात्र भए पनि केन्द्रीय समिति संस्दीय दलको बैठकबाट मात्र निर्णयमा पुग्ने लामिछानेकोभनाइ थियो रास्वपा संसदीय सदका नेता डोलप्रसाद अर्यालले भोट हाल्न जानुअघि बैठक बसेर राष्ट्रपतिबारे निर्णय लिनेरातोपाटीलाई बताए एमाले कांग्रेसका उम्मेदवारले भोट माग्नु भएको हामीले कसैलाई पनि बचन दिएका छैनौं २५ गते बिहानैनिर्णय हुन्छ,’ उनी भन्छन्

रास्वपाले सरकार पक्ष विपक्षी एमालेसँग समदुरी राखेर अगाडि बढ्ने रणनीति लिएको देखिन्छ माघ २२ मा सरकारबाट बाहिरिएकोरास्वपाले समर्थन फिर्ता लिएको छैन पुस १० को सत्ता समीकरण फेरिएपछि सरकारबाट बाहिरिएका एमाले राप्रपाले समर्थन फिर्तालिइसकेको अवस्था तर रास्वपा पुनः सरकारमा सहभागी हुने तयारीमा रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलेराष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको बताए

उनले भने, ‘राष्ट्रपतिमा सांसदलाई भोट हाल्न स्वतन्त्र छाडिदिने कि भन्ने विकल्पमा पनि छलफल भइरहेको जे निर्णय हुन्छ, बैठकबसेर हुन्छ

यता प्रतिनिधिसभामा एक प्रदेशसभामा तीन सांसद रहेको नेमकिपा राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने टुंगोमा पुगेको छैन परिस्थिति नियालेर निर्णय लिने योजनामा रहेको नेमकिपाका सांसद प्रेम सुवालको भनाइ नेमकिपामा संस्थागत निर्णय भइनसकेपनि सुवालले नेम्वाङलाई भोट दिने संकेत गरे

यस्तै, हाम्रो नेपाली पार्टी कुनै पनि उम्मेदवारको पक्षमा खुलेको छैन प्रदेशसभामा दुई सांसद भएको सो पार्टीले पनि अन्तिममा निर्णयलिने जनाएको

संघीय समाजवादी पार्टीको पनि मधेस प्रदेशसभामा मात्रै एक सांसद छन् यो पार्टीले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णयलिन बाँकी तर १० दलको समर्थन पाएका पौडेलको पक्षमा स्पष्ट बहुमत देखिन्छ

राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधि सभा राष्ट्रिय सभाका सय ८१ सांसद मतदाता छन् संघीय संसद्का सदस्य प्रदेशसभाका सदस्यहरु गरी राष्ट्रपति निर्वाचनका लागि ८८१ सांसदको नामावली मतदाता सूचीमा सार्वजनिक भएको प्रदेशसांसदको मतभार ४८ संघीय सांसदको मतभार ७९ हुन्छ संघीय संसदका ३३१ प्रदेश सभाका ५५० जनाको नाम उल्लेख

उनीहरुको मतभार ५२ हजार सय २८ त्यसको पचास प्रतिशत मत कटाउने उम्मेदवार निर्वाचित हुन्छन् त्यसैले निर्वाचित हुनकालागि न्यूनतम २६ हजार सय १५ मत आवश्यक पर्छ

गठबन्धनको पक्षमा रहेका सांसदहरुको मतभार ३२ हजारभन्दा बढी हुन्छ चुनावको दिनसम्म यो गठबन्धन नभत्केमा राष्ट्रपतिमापौडेलको जित निश्चित कांग्रेसको १६ हजार सय २१, माओवादीको हजार सय ४५, जसपाको हजार सय ४५, एकीकृतसमाजवादीको हजार सय ७४, जनमतको हजार सय ४२, लोसपाको सय ७१, नाउपाको सय ९२, जनमोर्चाको सय आम जनता पार्टीको ८९ मत स्वतन्त्र सांसदको मतभार ६२४

नेम्वाङको पक्षमा अहिलेसम्म एमालेको १५ हजार सय ३३ मत अनिर्णीत मतभार हजार ३१८ राप्रपा हजार सय ५०, रास्वपाको हजार ५०१, नेमकिपा सय २३, हानेपाको ९६ संघीय समाजवादी पार्टीको ४८ मत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय