रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटकाविद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन्।

स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढगठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले जानकारीदिए।

उनले विद्यार्थी आन्दोलन जोगाउन आठ विद्यार्थी सङ्गठन सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताए। यही फागुन १९ गते स्ववियुनिर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन्। ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै सङ्गठनको नाम दर्तागराएका हुन्।

आगामी चैत गते देशभरिका त्रिविका ६२ आङ्गिक एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ। कार्यतालिका अनुसार यहीफागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फकोउम्मेदवारी दर्ता गरिनेछ।

यस्तै स्ववियु निर्वाचन चैत गते बिहान बजेदेखि दिउँसो बजेसम्मका लागि तोकिएको तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय