काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘फोरजी‘ सेवा गुणस्तरीय बनाएर आवश्यक पूर्वाधार निर्माणपछि मात्रै‘फाइभजी‘ लागू गर्न उपयुक्त हुने बताएकी छन् ।
बिहीबार प्रविधि पत्रकारमञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभजीको चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दैमन्त्री शर्माले मुलुकमा फाइभजी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेकोबताइन् ।

‘नेपालमा फाइभजी लागू हुँदा धेरै लाभ लिन सकिने भएकाले लागू गर्न आवश्यक छ । हामीले फोर जीको स्टाटस थाहा नपाइफाइभजीमा कसरी अगाडि बढ्ने विषय छ‘, उनले भनिन्, ‘अहिले फोरजीको अवस्था के हो यसबाट कति लाभ लिएका छौं । फोरजीसेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने रत्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौं भने लाभभन्दा पनि नोक्सानी हुने जस्तो लाग्छ ।‘
उनले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोरजी सेवालाईव्यवस्थित बनाउन आवश्यक रहेको बताइन् । ‘हामी फोरजीमा भौगोलिक रुपमा कठिन अवस्थामा छौं,’ उनले भनिन्, ‘ग्रामीण क्षेत्रमाडाँडामा टेलिफोनको टावर भए पनि खोंचमा रहेको बस्तीमा टावर आउँदैन । काठमाडौं उपत्यकामा समेत फोरजी सेवा गुणस्तरीय छैन ।यसलाई व्यवस्थित गर्ने गरेर मात्रै फाइभजीमा प्रवेश गर्न उपयुक्त हो । ‘
