
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताएकीछिन्। चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुराबताएकी हुन्।
उनले भारतमा बस्ने र यहाँबाट भारत जाने नेपालीले भोग्दै आएका समस्या समाधान गर्न आफूले छलफल गरेको बताइन्। ‘विभिन्नसन्दर्भमा भारतमा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको छ, नेपालबाटभारतमा टेलिफोन गर्दा शुल्क कम छ, तर भारतबाट नेपालमाटेलिफोन गर्दा शुल्क महँगो छ’, उनले भनिन्, ‘यो विषयलाई हामीले गम्भीतापूर्वक उठाएका छौँ।’
भेटमा आफूले नेपालको भन्दा कम दर नभए पनि कमसे कम ‘रेसिप्रोकल’ ढङ्गबाट भारतले नेपालमा कल गर्दा लाग्ने शुल्कमा घटाइदिनआग्रह गरेको बताइन्। ‘उनीहरूले त्यो विषयलाई सकारात्मक लिनुभएको छ’, मन्त्री शर्माले भनिन्। भारतमा गएका नेपालीले मोबाइलकोसीम कार्ड लिन समस्या भोग्नुपरेको अवस्थालाई समाधान गर्न आफूले आग्रह गरेको उनले बताइन्।भारतका सञ्चार राज्यमन्त्रीसँगद्विपक्षीय भेटवार्ता भयो, भेटमा हामीले ब्याण्डविथ अन्य नाकाबाट भित्रयाउन र अप्टिकल फाइबरको पहुँच समुद्रसम्म गरिदिन आग्रहग¥र्यौं’, उनले भनिन्। समुद्रसम्म अप्टिकल फाइबरको पहुँच स्थापित हुँदा नेपालमा इन्टरनेटको शुल्क कम हुने उनको भनाइ छ। अहिलेभारतको सुनौली नाकाबाट मात्र ब्याण्डविथ भित्रिरहेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा
भारतीय च्यानल निर्वाधरूपमा नेपालमा चलिरहेको तर नेपाली च्यानल भारतमा हेर्न समस्या भइरहेकातर्फ पनि आफूले ध्यानाकर्षणगराएको उनको भनाइ छ।भारतमा नेपालीको ठूलो सङ्ख्या भइरहेकाले नेपाली टेलिभिजन च्यानल भारतमा हेर्न सक्ने वातावरण मिलाउनेविषयमा पनि छलफल गरेका छौँ’, उनले भनिन्।
मन्त्री शर्माले रेडियो नेपाल र प्रसार भारतीबीच कार्यक्रम आदानप्रदान गर्ने यसअघिको सहमतिलाई कार्यान्वयन गरेर जाने समझदारीभएको जानकारी दिइन्। मन्त्री शर्मा इन्टरनेशनल टेलिकम युनियन (आइटियु) को क्षेत्रीय कार्यालय स्थापनासम्बन्धी कार्यक्रममासहभागी हुन यही चैत ७ गते भारत प्रस्थान गरेकी थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा उक्त कार्यालयलको उद्घाटनगरेकी थिइन्।
यसअघि आइटियुको कार्यालय स्वीट्जरल्याण्को जेनेभामा थियो। नेपालले जेनेभा पुगेर काम गर्नुपर्ने थियो। सन् २०१८ मा संयुक्त अरबइमिरेट्स (युएई) को दुबईमा भएको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइटियुको क्षेत्रीय कार्यालय भारतमा राख्न प्रस्तावगरेका थिए।
सोही प्रस्तावअनुसार कार्यालय नयाँ दिल्लीमा स्थापना भएको हो। सो कार्यालयबाट दक्ष जनशक्ति निर्माण गर्न र विभिन्न तालिम लिनसकिनेछ। शुल्क र समयको हिसाबबाट नेपाललाई सस्तो पर्न गएको छ। भारतमा क्षेत्रीय कार्यालय स्थापना हुनु सदस्य राष्ट्रकाहिसाबले नेपाललाई फाइदा भएको छ।