साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ।

बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अंकले गिरावट आएको हो। राष्ट्र बैंकले लघुवित्तकम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने १५ प्रतिशत सिएसआर ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ। बिहीबार ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मकसर्किट लागेको छ।

नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.९५ अंकले, फ्लोट इण्डेक्स .९८ अंक सेन्सेटिभ फ्लोट इण्डेक्स .९२ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरकोखरिदबिक्री भएको छ। बुधबारको तुलनामा नेप्से घटेपनि कारोबार रकम भने बढेको छ।

बिहीबार नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ। लघुवित्त उपसमूहको परिसूचक .५४प्रतिशत घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक प्रतिशतभन्दा बढी घटेको छ। आज छिमेक लघुवित्त करोड ७० लाखरुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय