त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। त्रिवि विद्यार्थी कल्याणतथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिकासार्वजनिक गरे।

कार्यतालिकाअनुसार समानुपातिक प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ। विगत १४ वर्षदेखि नियमित हुननसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत गते गर्ने निर्णय गरेको छ। यस्तैकार्यतालिकाअनुसार मतदान चैत गते बिहान बजेदेखि दिउँसो बजेसम्म तोकिएको उनले बताए।

कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घरसङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदातासूचीमा दाबीविरोध तोकिएको छ। यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते  बिहान ११ बजेदेखि दिउँसो बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ।

यस्तै कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबीविरोध फागुन २८गते साँझ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ। स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछिक्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ।

निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचारप्रसार फागुन २९ गतेदेखि चैत गते राति १२ बजेसम्म समय तोकिएकोछ। त्रिविमा २८ वर्ष उमेरहद मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो। निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन्।

निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ। स्ववियुको अध्यक्ष, सचिव कोषाध्यक्षतथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली उपाध्यक्ष सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचनप्रणालीबाट चयन हुनेछन्।

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाकोकार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुनेउल्लेख गरिएको छ।

निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ। त्रिविमा स्ववियु निर्वाचन विसं२०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो। विसं २०३० सम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखिप्रत्येक दुईदुई वर्षमा निर्वाचन हुँदै आएको थियो। त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो।विसं २०७३ मा उपत्यकामा नौ उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो।

प्रत्येक दुईदुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन। प्रत्येक दुईदुई वर्षमा हुने निर्वाचन २०६५सालयता नियमित हुनसकेको छैन। विसं २०६५ चैत गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय