त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनले पनि तयारीतीव्र पारेका छन्।
स्ववियु निर्वाचनमा आफ्नो आआफ्नो सङ्गठनलाई जिताउनका लागि विद्यार्थी सङ्गठनले विभिन्न समिति गठन गरी तयारी तीव्र पारेकाहुन्। अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु (छैटौँ) ले स्ववियु निर्वाचनका लागि विभिन्नसमिति गठन गरिसकेका छन्।
आगामी चैत ५ गते देशभरका त्रिविअन्तर्गत क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भइसकेको छ।अनेरास्ववियुले अध्यक्ष समिक बडालले नेतृत्वमा एक हजार एक सदस्य स्ववियु परिचालन मूल समिति गठन गरेको छ। त्यस्तै चारउपाध्यक्षको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको महासचिव नरेश रोकायाले जानकारी दिए।
उपाध्यक्ष नारायण घर्तीको संयोकत्वमा स्ववियु घोषणापत्र निर्माण उपसमिति, उपाध्यक्ष गोविन्द गिरीको संयोजकत्वमा प्रचारप्रसारउपसमिति, अर्का उपाध्यक्ष मर्यादा विष्टको संयोजकत्वमा स्ववियु स्वयंसेवक परिचालन उपसमिति र उपाध्यक्ष धर्म गिरीकोसंयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ।
अखिलले फागुन १३ गते देशभरिकै क्याम्पसमा भेला राखेर सम्भावित स्ववियु उम्मेदवारको सूची तयार पार्ने महासचिव रोकायालेजानकारी दिए। उनले स्थायी कमिटी सदस्यलाई उपत्यकाका क्याम्पस र केन्द्रीय सदस्यलाई सम्बन्धित क्याम्पस र जिल्लामा रहेकाक्याम्पसमा खटाइएको बताए।
नेपाल विद्यार्थी सङ्घले पनि स्ववियु निर्वाचनको तयारीका लागि विभिन्न पाँच समिति गठन गरेको छ। सङ्घले घोषणा लेखन, स्ववियुनिर्वाचन प्रशिक्षण, विद्यार्थी सङ्गठन समन्वय समिति, स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवं सुरक्षा समन्वयन समिति र स्ववियुप्रचारप्रसार समिति गठन गरिसकेको सङ्घका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिए। ढकालको संयोजत्वमा स्ववियुनिर्वाचन प्रशिक्षण गठन भएको छ। सङ्घले सातवटै प्रदेशमा प्रशिक्षण समिति गठन गरेको छ।
पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा स्ववियु घोषणापत्र समिति, पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालको संयोजकत्वमास्ववियु प्रशिक्षण समिति, सङ्घका नेता डा सन्तोष उपाध्यायको संयोजकत्वमा स्ववियु प्रचारप्रसार समिति गठन गरिएको छ। सङ्घकानेता दिनेश शाहीको संयोजकत्वमा विद्यार्थी सङ्गठन समन्वय समिति र सङ्घका अर्का नेता उज्ज्वल बज्राचार्यको संयोजकत्वमा स्ववियुनिर्वाचन सुरक्षा अनुगमन एवं सुरक्षा समन्वय समिति गठन गरिएको छ। पूर्वकेन्द्रीय सदस्य ढकालले स्ववियु निर्वाचनका लागि १५ देखि१६ गते घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।
अखिल (क्रान्तिकारी) ले पनि स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ। अनेरास्ववियुका महासचिव दीपेश पुनले स्ववियुनिर्वाचनका लागि सातवटै प्रदेशमा स्ववियु निर्वाचन केन्द्रित कार्यशाला गरेको छ। उनले महत्त्वपूर्ण ठूला क्याम्पसमा उपाध्यक्षलाईखटाइएको जानकारी दिए। सचिव, केन्द्रीय सचिवालय र केन्द्रीय सदस्य पनि आवश्यकअनुसार परिचालन गरिएको उनको भनाइ छ।उहाँले स्ववियु निर्वाचन हुने क्याम्पसमा स्ववियु परिचालन समिति गठन गरिएको जानकारी दिए।
उनका अनुसार उपाध्यक्ष नारायण खनालको संयोजकत्वमा स्ववियु निर्वाचन घोषणापत्र लेखन समिति, उपाध्यक्ष टुकमान महराकोसंयोजकत्वमा स्ववियु परिचालन समिति, उपाध्यक्ष मिलन एमसीको संयोजकत्वमा प्रचारप्रसार समिति, विभिन्न विद्यार्थी सङ्गठनछलफल र वार्ताका लागि समन्वयका लागि उपाध्यक्ष क्षितिज सापकोटालाई जिम्मेवारी दिइएको छ। उम्मेदवार छनोट गर्ने सम्बन्धितकमिटीले सर्वसम्मत निर्णय गर्ने र विवाद भएमा मात्र उपल्लो कमिटीमा सिफारिस गर्ने भनिएको उनले बताए।
त्रिविले आगामी चैत ५ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार यही फागुन१९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मसमानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ। कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४बजेसम्म हुनेछ।

अनेरास्ववियुका पनि स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीकोसंयोजकत्वमा एक हजार एक सय ११ स्ववियु परिचालन गठन गरेको छ। उपाध्यक्ष माधव पन्तको संयोजकत्वमा स्ववियु घोषणापत्रसमिति र अर्का उपाध्यक्ष हिरेन्द्र शाहीको संयोजकत्वमा अन्य विद्यार्थी सङ्गठनसँग तालमेल गर्नका लागि वार्ता समिति गठन गरेको छ।
प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि यता नियमित हुन सकेको छैन। विसं २०६५ चैत ६ गते भएको स्ववियुनिर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो। त्यति बेला देशभर त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये उपत्यकामा नौवटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो। यसपटक स्ववियु देशभरका त्रिविमा ६२ आङ्गिकर एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ।
स्ववियुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशतसदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने छन्।
