बूढानीलकण्ठ : बूढानीलकण्ठ नगरपालिका वडा नम्बर –६, च्यासुन्डोल अन्तर्गत पर्ने बूढानीलकण्ठ बृहत खानेपानी आयोजना अन्तर्गतच्यासुन्डोलमा ओभर हेड ट्याङ्कीको सिलन्यास सम्पन्न भएको छ । फागुन ९ गते नगर प्रमुख मिठाराम अधिकारी , बूढानीलकण्ठ–६ कावडा अध्यक्ष रवि खड्का , बागमती प्रदेशका पुर्व माननीय दिपक निरौला , पुर्व माननीय भिमसेन खत्री बूढानीलकण्ठ नगरपालिकाकाप्रवक्ता तथा वडा न १० का वडा अध्यक्ष नवराज भट्टराई , नगरपालिका वडा न १ का वडा अध्यक्ष सुरेन्द्र लामा, वडा न २ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा न ३ का वडा अध्यक्ष आकश धिताल, वडा न ७ का वडा अध्यक्ष बसनारायण महर्जन ,वडा न १२ का वडाअध्यक्ष श्री शम्भु भट्टराई ,पुर्व वडा अध्यक्ष नवीन के सि ,पुर्व गा वि स अध्यक्ष श्याम बहादुर खड्का ,कार्यक्रमका विभागिय इन्जिनियरअनुपमा , स्थानीय नेता श्याम के सि आदिको उपस्थिति रहेको थियो ।

नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष खड्काले यो आयोजनालेबूढानीलकण्ठमा एउटा ऐतिहासिक विकासको उज्यालो थपेको चित्रण गर्नुभयो । एक पछि अर्को सफलता हाँसिल गरिरहेका अध्यक्षखड्काको कार्य गति लोभलाग्दो छ । उक्त कार्यक्रममा अध्यक्ष खड्काले काम समयमा नै सम्पन्न हुने कुरा व्यक्त गर्नुभयो , साथैसबैलाई धन्यवाद दिनुभयो ।

