काठमाडौँ — माओवादीको पदाधिकारी बैठकले पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको निष्कर्ष निकाल्दैआफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।

सोमबार साँझ बसेको बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केकोजानकारी दिए । ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रास्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छ‘ महराले भने,’हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागिउम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।‘ उनले बैठकमा एउटा मात्र एजेण्डामा छलफल भएको बताए । अध्यक्ष दाहालले अहिलेसम्मदलहरुसँग भएका वार्ताको ब्रिफिङ गरेका थिए ।
