जाजरकोटजाजरकोटमा श्रीमान्‌को हत्या आरोपमा पाँच वर्षपछि श्रीमती उनका छोरा पक्राउ परेका छन्  भेरी नगरपालिकापुन्मोका ४७ वर्षीया काले कामीको घरायसी झगडापछि हत्या आरोपमा मंगलबार श्रीमती भद्रकला छोरा तुल्सीरामलाई प्रहरीले पक्राउगरेको हो अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको  

२०७४ पुस ३० मा भद्रकलाले लट्ठीले हान्दा काले कामीको मृत्यु भएको भद्रकला, उनका छोराहरू गोविन्द विक, तुल्सीरामले घर नजिकैशौचालयमा शव पुरिदिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको  

कंकाल पनि शौचालयमा पुरिएको अवस्थामा मंगलबार प्रहरीले फेला पारेको जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए उनका अनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयकोखाडल उत्खनन गर्दा कामीको कंकाल भेटिएको हो 

पुरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट सोही ज्याकेट पाइन्टभित्र मानव कंकाल हड्डीहरूफेला परेको डिएपी निरौलाले बताए  डिएनए परीक्षणका लागि कंकाल विधिविधान प्रयोगशालामा पठाइने प्रहरीले जनाएको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय