१७ माघ, काठमाडौं संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएकाछन्

मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहितएक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् उनले पशुपति क्षेत्र यहाँका शौचालय असाध्यै फोहोर रहेकाले सबैभन्दापहिलो प्राथमिकता दिएर सफा गर्न आग्रह गरे

एक महिनामा सफा पशुपति पवित्र पशुपति नाराका साथ पशुपति क्षेत्र सफा हुनुपर्छ एक महिनाभित्र सफा गर्नु भनेको छु आकाशझार्नु भनेको छैन आकाश झार्नु भनेको भए कुतर्क भयो सफा गरौं पशुपतिलाई जसरी पशुपतिप्रति मानिसहरुले जस्तो मानसिकताबनाएर आएको हुन्छ त्यो भन्दा बढी आकर्षित गर्नुपर्छउनले भने

मन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषको कामको पनि आलोचना गरेका छन् कोषले कोषले कल्याणकारी कामका साथैविश्वविद्यालय, अस्पताल, विद्यालय सञ्चालन गर्नुपर्नेमा केही काम हुन नसकेको उनले बताए

एक पटक पशुपतिनाथसँग कोषको अध्यक्ष भएर माफी माग्छु हामीले पशुपतिको सम्मानलाई चिन्न सकेनौं सबैको गल्तीको नेतृत्वगर्दै क्षमा माग्दै अब हामी त्यस्तो गल्ती गर्दैनौंउनले भने, ‘…पवित्र स्थानमा बसेर अपवित्र काम गर्ने हामी को हौं यति ठूलो आध्यात्मिकआस्थाको केन्द्रमा बसेर हामी यहाँ भन्दा गैर आध्यात्मिक अराजकता कहाँ हुन्छ त्रिशुलले डामेर छोड्ने साँढेजस्तै छौं पद पाएपछिडामे जस्तो अब यस्तो सह्य हुँदैन

मन्त्री किराँतीले मन्त्री सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्ननिर्देशन दिए उनले कुन सरकारको पालामा कुन मन्त्री सचिवले पैसा लिए भन्ने नाम दिए पत्रकारहरुको सामु पढेर सुनाउने पनि बताए

भगवानमाथि भ्रष्टाचार गर्ने ? किन फूल व्यापारीहरुसँग पैसा उठाइन्छ, कसले उठाउँछ, पैसा उठाएर मन्त्री सचिवलाई पैसा बुझाउनेभनेर बदनाम गरिन्छ हो मन्त्री सचिवलाई बुझाउनै पर्छ तपाईहरुले मिडियाहरु आएका छन् दुधको दुध पानीको पानीपशुपतिनाथको माटोमा उभिएर भन्नुपर्छउनले भने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय