१५ माघ, काठमाडौं   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बन्ने रुची देखाएका छन्

नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार सांसद पद खारेज गरेपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति पदसमेत गुमाएका थिए आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर नागरिकता लिएका उनी अपरान्ह पार्टी सभापति चुनिए

साँझ उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए स्रोतका अनुसार उनले गैरसांसदलाई मन्त्रीबनाउनेसक्ने संविधानको धारा ७८ को व्यवस्थालाई टेकेर फेरि उपप्रधान तथा गृहमन्त्री हुन चाहेको संकेत गरेका छन् पार्टीको नेतृत्वमाछु, केही समस्या हुने हो कि भन्नुभएको ,’ बालुवाटार उच्च स्रोतले भन्यो, ‘उहाँले सोझै मन्त्री बनाउनुपर्‍यो भन्नु भएन, तर सरकारमाआउने रुची देखाउनु भएको रास्वपा स्रोतले भने पनि रविको उपप्रधान तथा गृह बन्ने चाहना रहेको पुष्टि गरेको

एक पदाधिकारीका अनुसार आइतबार सभापति चयन गर्न बसेको केन्द्रीय समिति बैठकमा यसबारे कुनै छलफल भएको छैन तर, अनौपचारिक छलफलहरुमा निकटवर्ती नेताहरुले प्राविधिक कारण मात्र सांसद मन्त्री पद गएको भन्दै फर्किनुपर्ने बताउने गरेका छन् चितवन मा हुने उपचुनाव जितेर आउने भन्दै उनीहरु अहिले मन्त्री बनाउँदा कुनै समस्या नहुने तर्क गर्छन्

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपा महामन्त्री मुकुल ढाकालले पनि गृहमन्त्रालय आफ्नो दलको भएकाले अरुले लिने निर्णयगर्न नपाउने बताएका छन् रास्वपामा समस्या आएको त्यसलाई आफूहरुले समाधान पनि गरिसकेको भन्दै उनले सञ्चारकर्मीहरुसँगभने, ‘गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीमा जिम्मेवारी हो, निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै

सांसद नहुँदै उपप्रधान तथा गृहमन्त्री बन्ने रविको चाहनामा सत्तारुढ गठबन्धनको ठूलो दल नेकपा एमालेको साथ देखिएको तर, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भने सहमत भइसकेका छैनन् आइतबार साँझ रविसँग भएको भेटमा पनिउनले सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग परामर्श गर्ने आश्वासन मात्र दिएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय