नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यकरहेको बताएका छन्।

श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनलेसमृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताकोजीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए।  

अध्यक्ष ओलीले एमाले नेपाललाई समृद्ध नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी रहेको उल्लेख गर्दैसमृद्ध नेपाल, सुखी नेपालीहामी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पार्टीको आफ्नो गन्तव्य बनाएको बताए। स्पष्ट दूरदृष्टि, तदनुसारका नीति कार्यक्रम एवं ती नीति कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना आवधिक लक्ष्यसहित एमाले अघिबढिरहेको उनले सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय