काठमाडौँ — ‘लाइभ बेटिङस्पट फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका सदाबहार अलराउन्डर महबुबआलमले नेपाल टी२० लिग क्रिकेटमा दुई नेपाली खेलाडी सट्टेबाजबीच मध्यस्तकर्ताको भूमिका निभाएको खुलेको

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फिक्सिङ अनियमिततामा नेपाली विदेशी गरी १० जना संलग्न रहेको मंगलबार जनाएको त्यसमा एक नेपाली अर्का विदेशी खेलाडी हुन् १० मध्ये दुई नेपालीमा मध्यस्तकर्ताको भूमिकामा काम गरेका महबुब आलम स्पटफिक्सिङ गरेको आरोपमा मोहम्मद आदिल आलमलाई सोमबार ब्युरोले पक्राउ गरेको थियो

जना विदेशी व्यक्ति फिक्सिङ, स्पट फिक्सिङमा जोडिएका छन्, जसमा चार व्यवस्थापकको भूमिका, एक खेलाडी एक बाहिरीव्यक्ति रहेका छन्, जसले बीचको मान्छेको भूमिकामा बिचौलियाको काम गर्ने गरेको पाइएको ,’ ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंहथापाले भनेफिक्सिङका लागि वटा प्रस्ताव आएकोमध्ये तीन खेलाडीले आईसीसीको एन्टी करप्सन युनिट (एसीयू) लाई रिपोर्टगरेको, जसका कारण उनीहरू क्लिन देखिएका छन्,’ थापाले अगाडि भने, ‘खेलको अनैतिक क्रियाकलापमा जोडिन चाहँदैन भने उसलेसट्टेबाजमार्फत आएको प्रस्ताव अस्वीकार गरेर रिपोर्ट गर्छ दुई खेलाडीले यसलाई रिपोर्ट गरेका छैनन्

महबुब आदिलको नाम प्रहरीले सार्वजनिक गरिसकेको अन्यको नाम तत्काल खुलाउने अवस्थामा नरहेको तिनीहरू अनुसन्धानकैक्रममा भएको ब्युरोका वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बताए स्पट फिक्सिङका क्रममा एउटा नोबल वा वाइड तथा थोरै रन बनाउनतोकिएको सीमाभित्र आउट भएमा सट्टेबाजले देखि १० लाखसम्मको नगद प्रस्ताव गरेको अन्य लोभ पनि देखाइएको आचार्यलेसुनाए।फिक्सिङ गर्दा प्राप्त रकम कसरी पठाइएको भनेर आफूहरू प्रमाणिकरणमै रहेको उनले जानकारी गराए

कसरी गरियो फिक्सिङ प्रस्ताव ?

काठमाडौं नाइट्सका व्यवस्थापन पक्षले आफ्ना खेलाडीलाई भेटेरै प्रस्ताव गरेको ब्युरोको अनुसन्धानमा देखिएको नाइट्सकाकप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिता दौरान आफ्ना खेलाडीमाथि प्रस्ताव गरिएको त्यसबारे एन्टी करप्सन युनिट (एसीयू) मा रिपोर्टगरेको जनाएका थिए पोखरा एभेन्जर्ससँग पुस १८ गतेको खेलमा पराजित भएपछि भारतीय प्रशिक्षक चेतन नन्दा नाइट्सको टोलीमादेखिएनन् सोही दिन नेपाल टी२० लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) को कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर सेभेन थ्रीस्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया

प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई दिल्ली फरार भएका थिए नाइट्सका भारतीयव्यवस्थापक जशकरण वाही पनि पछिल्लो तीन खेलमाडगआउटमा थिएनन्

विराटनगर सुपर किंग्सका टिम व्यवस्थापनले विदेशी खेलाडीलाई प्रस्ताव गरिएको ब्युरोको रिपोर्टमा विराटनगर टोलीमाव्यवस्थापनमा दुईमध्ये एक राहुल शर्मा थिए लाइभ बेटिङ स्पट फिक्सिङको आरोपमा एसीयूले उनलाई कप्तान वेस्ट इन्डिजकाआन्द्रे म्याकार्थीलाई पनि टिमबाट हटाएको थियो राहुल शर्माका छोरा गौरांशु शर्मा विराटनगर टोलीमा ओपनिङ ब्याटर थिए

जनकपुर रोयल्सबाट खेलेका आदिललाई मध्यस्तकर्ताले सामाजिक सन्जालबाट प्रस्ताव राखेका थिए बाँकी दुई खेलाडीमा महबुबकोभूमिका रहेको ब्युरोले पत्ता लगाएको पोखराका खेलाडीलाई विचौलियाले एक पटक भेटेर अर्को पटक सामाजिक सन्जालबाटप्रस्ताव गरेको हो पोखराका खेलाडीलाई प्रस्ताव गर्ने विचौलियाले फार वेस्टका खेलाडीलाई सामाजिक सन्जालबाट प्रस्ताव गरेकोथियो

महबुबले सन् २००० मा यूएईमा जापानसँगको खेलबाट राष्ट्रिय टोलीमाडेब्युगरेका थिए २०१७ मा विश्व क्रिकेट लिगच्याम्पियनसिपमा केन्याविरुद्ध कीर्तिपुरमा खेलेयता महबुबले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छैनन् १७ वर्ष नेपालबाट खेलेका तरसम्मान पाउने आशामा औपचारिक संन्यास घोषणा नगरेका महबुब नेपाल टी२० लिगका बेला कीर्तिपुर मैदानमा देखिएका थिएनन्, तरउनले सामाजिक सन्जालबाट नेपाली खेलाडीलाई प्रस्ताव गरेका थिए

उनले प्रस्ताव गरेका दुवै खेलाडीले एसीयूमा उजुरी गरेपछि महबुब विचौलियाको भूमिकामा रहेको पत्ता लागेको थियोमहबुबलेनेपालका दुई खेलाडीलाई आर्थिक प्रलोभन देखाउँदै स्पट फिक्सिङ गर्ने प्रयास गरेको प्रमाणबाट पुष्टि हुन्छ,’ वरिष्ठ प्रहरी उपरीक्षकआचार्यले भने

आदिलका कसुर

नेपाल टी२० लिगका वटा खेलमा स्पट फिक्सिङ भएको अन्य खेलमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको टी२०लिगको १२ औं खेलमा आदिलले काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नोबल फालेका थिए त्यसपछिफ्री हिटरहेको अर्को बलउनले अफ स्टम्पभन्दा धेरै बाहिर फाले उनले उक्त खेलको आफ्नो एकमात्र ओभरमा १५ रन दिएका थिए

मोहम्मद आदिल आलमलाई एउटा नोबल त्यही ओभरको दोस्रो बल वाइड फाल्न प्रस्ताव आएको थियो उनले खेलेको कम्तीमा दुईखेलमा त्यही प्रकारले खेल खेलेको देखिएको सट्टेबाजको यस्तो प्रस्ताव आउँदा उनले कुनै किसिमबाट पनि रिपोर्ट गरेको देखिँदैन, जुन उनले स्वीकारेका पनि छन्,’ आचार्यले भने, ‘संलग्नमध्ये खेलाडी, जना बीचको व्यक्ति जो बिचौलियाको काम गरेर खेलमा हारजितको सट्टेबाजी लगाउने खेललाई दूषित बनाउनेहरू हुन्आदिलले अर्को एक खेलमा निकै लामो ओभर स्टेपमा नोबल फालेकाथिए

गत वर्ष पपुवा न्युगिनीविरुद्धको ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलबाट नेपाली टोलीमाडेब्युगरेका आदिलले आफूलाई अलराउन्डरको रूपमास्थापित गरेका थिए नेपाल टी२० लिगमा खेल्ने खेलाडीलाई तीन समूहमा वर्गीकरण गरिएको थियो जसअनुसार पारिश्रमिक १५, १० लाख राखिएको थियोबीग्रेडमा रहेका आदिलको नेपाल टी२० लिग खेलेवापत १० लाख पारिश्रमिक थियो

नाम नखुलाइएका स्पट फिक्सिङका आरोपी एक विदेशी खेलाडीलाई पनि व्यवस्थापन टिमबाट फिक्सिङको प्रस्ताव गर्दाआईपीएललगायतका विभिन्न प्रतियोगितामा खेल्ने व्यवस्था मिलाइदिन्छु भनेर प्रलोभन देखाइएको ब्युरोले जनाएको टिमव्यवस्थापनको निर्देशनमा एक खेलाडीले एक खेलमा रनमात्र बनाएर स्पट फिक्सिङ गरेको देखिन्छ विराटनगर सुपर किंग्सकोकप्तानी गरेका म्याकार्थीले जनकपुर रोयल्ससँगको खेलमा रनमात्र बनाएका थिए खेलपछि उनलाई एसीयूको निर्देशनमा टोलीबाटहटाइएको थियो उनको स्थानमा रोहित पौडेललाई कप्तान बनाएपछि विराटनगरले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तयगरेको थियो 

महबुब आदिललाई मात्र अहिले पक्राउ गरिएको अझै केही व्यक्ति पक्राउ पर्नेक्रममा रहेको ब्युरोले जनाएको राष्ट्रिय खेलकुदविकास ऐन २०७७ को दफा ३१ स्पट फिक्सिङ अनिमियताका लागि आकर्षित हुन्छ दोषीलाई दफा ३३ को सजाय बमोजिम वर्षकैद ५० हजार जरिवाना हुन सक्नेछ

यो घटनाले ठूलो सबक दिने जनाउँदै आचार्यले भने, ‘क्रिकेट हाम्रो राष्ट्रको एउटा महत्त्वपूर्ण खेल हो, यसलाई सफा राख्नुपर्छ भन्नेसबैको चासो हो हामीले प्राविधिक हिसाबमा पनि यसलाई अध्ययन गरेका छौं त्यसैले यसले गर्दा पछिल्लो अवस्थामा हुनेक्रियाकलाप धेरै हदसम्म निरुत्साहित गर्न सहयोग पुग्छ भन्ने विश्वास लिएका छौं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय