काठमाडौँनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टी२० क्रिकेटमास्पट फिक्सिङभएको प्रमाण आधार भेटेको पुस देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ भएको आधारहरु देखिएको सीआईबीले जनाएको हो

फिक्सिङको आशंका भएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा सदस्यीय छानबिन समिति बनाएको थियो समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण आधारहरु देखाएको  

सीआईबीका एसपी सन्जय थापाले क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएकोबताए अहिलेको अनुसन्धानले स्पट फिक्सिङ भएको प्रमाण आधारहरु देखिन्छन्,’ एसपी थापाले इकान्तिपुरसित भने, ‘थप अबसमितिले प्रतिवेदन बुझाएपछि मात्रै भन्न सकिन्छ 

उनले खेलसँग जोडिएका व्यक्तिहरुको संलग्ना देखिएकाले ठ्याक्कै यही व्यक्तिहरु हुन् भनेर किटानी अहिले नै गर्ने बेला नभएकोबताए अब प्रतिवेदनले अन्तिम रुप दिएपछि मात्रै यो यो मानिसहरु संलग्न भएका हुन् भन्ने देखिन्छ,’ उनले भने 

उनले म्याच फिक्सिङ नदेखिएको तर स्पट फिक्सिङको पर्याप्त प्रमाण आधारहरु देखिएको बताए 

म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ  यस किसिमको फिक्सिङमा / जना खेलाडी मात्रै नभएर म्याचअफिसियल्सहरुको पनि सम्झौता हुने एसपी थापाले जानकारी दिए 

स्पट फिक्सिङमा खेलको कुनै समयमा हुने सट्टेबाजी रहेको उनले बताए स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यतिबलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ,’ एसपी थापाले भने,‘त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गर्छन्  स्पट फिक्सिजङ चाही टाइम अफ इन्टरभलममा हुने गर्छ 

छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीआईबीले सोमबार वा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय