२९ पुस, काठमाडौं उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्रपारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् जनतालाई भत्किएको खाल्डो परेको सडक दिने छुट सरकारलाई अबनरहेको भन्दै उनले घरबेटी वा दाजुभाइको नाममा कसैले उन्मुक्ति नपाउने बताए

शुक्रबार काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैकोदबाब प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै घरबेटीले धेरै सडकहरुको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्नेसञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने जोकोहीलाई कारबाही गर्न निर्देशन दिएको बताए उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ निरपेक्ष ढंगले काम गर्छुु जो कोहीलाई पनि कारबाही गर्नुस्भन्नुभएको त्यो प्रधानमन्त्रीको निर्देशन , त्यससँग प्रधानमन्त्रीलाई नजोडि दिनुहोला राज्यले जनतालाई दिनुपर्ने सुविधा विकासलाई कमजोर पार्ने कुरामा कसैसँग पनि सम्झौता नगर्ने उनले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय