काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत लिँदै छन् । कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेसमयसम्म साथमा रहेको नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व आलोपालो नभए सरकारमा सहभागी नहुने घोषणा गर्यो ।यसबाट मुख्यमन्त्री कार्कीलाई केही सकस भएपनि अन्ततः माओवादी पनि सरकारमा सहभागी हुने भएको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले आलोपालो मुख्यमन्त्रीको विषयमा केन्द्रले निर्णय गरेकाले आफूहरू प्रदेशसरकारमा सहभागी हुन तयार रहेको जनाएका छन् । माओवादीमा क–कसलाई मन्त्रीपरिद्षमा लैजाने भन्ने टुङ्गो लगाउन पार्टीले तीननेतालाई जिम्मेवारीसमेत दिएको थियो ।
बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेता सहभागी बैठकले प्रदेश सरकारमा जानेनिर्णय गरेको छ । प्रदेशका इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ(मिक्सो) बैठकमा सहभागी थिए ।

बैठकले माओवादीबाट मन्त्री बन्न इच्छुक सातै जनाको नाम सिफारिस गरेको छ ।
मन्त्रीका लागि सङ्खुवासभाका राजेन्द्र कार्की, तेह्रथुमका दुर्गाप्रसाद चापागाईँ, मोरङका गणेश उप्रेती, मोरङकै जीवन आचार्य, उदयपुरका राजेन्द्र किराँती, नारायण बुर्जा मगर र सोलुखुम्बुका गोम्बु शेर्पा सिफारिसमा परेका छन् ।
प्रदेश कमिटी बैठकले तय गरेको प्राथमिकता र मापदण्डको आधारमा मन्त्रीहरूको छनौट गर्ने जिम्मा तीन नेतालाई दिइएको बताइएकोछ ।
माओवादीले तय गरेको साबिकको लिम्बुवान, कोचिला र किराँत राज्यबाट एक–एक जना पर्ने मन्त्री बनाउन सिफारिस गरिएकोजनाइएको छ । प्रदेश सरकारमा माओवादीले कम्तीमा तीन मन्त्रालय दाबी गरिरहेको छ । माओवादी केन्द्र शुक्रबार सरकारमा सामेलहुनेछ ।
माओवादीबाट दलका नेता इन्द्र आङ्बो मुख्यमन्त्रीका दाबेदार थिए । प्रदेश सरकारमा राप्रपा र जसपा पनि साथै छन् । यसअघिमुख्यमन्त्री कार्कीले माओवादीकै विरोधका कारण तीन विभागीय मन्त्री नियुक्त गरेका थिए । माओवादी केन्द्र सरकारमा सामेल हुनेभएसँगै मुख्यमन्त्री कार्कीले अब ६० जना प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गर्ने देखिएको छ ।
