२५ पुस, पोखरा मेरो रोजाइ संघमै होभन्दैभन्दै प्रदेश झरेका नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखखगराज अधिकारी अन्नत गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएर शपथसमेत लिइसकेका छन्

चुनाव लड्दै गर्दा गण्डकीको मुख्यमन्त्री बन्न प्रतिकुल देखेर प्रतिपक्षमै बस्न मानसिक हिसाबले तयार भएका खगराजलाई एकाएकराष्ट्रिय सत्ता समीकरणले परिस्थिति अनुकुल भइदियो

गण्डकी प्रदेशमै फेरि मुख्यमन्त्री हुने चाहना राखेका पृथ्वीसुब्बा गुरुङले संघमा टिकट पाउँदा कास्की को प्रदेश सभा बाट चुनावजितेका अधिकार सर्वसम्मत दलको नेता हुँदै मुख्यमन्त्री बने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, राप्रपा एक स्वतन्त्र सांसदकोसमर्थनमा मुख्यमन्त्री बनेका उनले जना बिना विभागीय मन्त्री पनि नियुक्त गरेका छन्

एमालेबाट सीता सुन्दास, माओवादी संसदीय दलका नेता हरि चुमान राप्रपाका दलका नेता पञ्चराम तमुलाई उनले मन्त्री नियुक्तगरेका हुन् सुन्दार, चुमान तुम तीनै जनाले पद तथा गोपनियताको शपथ लिएका छन् एमाले केन्द्रीय सदस्यसमेत रहेकी सुन्दासयसअघि जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख थिइन् भने समितिहरुको राष्ट्रिय महासंघमा संस्थापन अध्यक्ष बनेकी थिइन् विद्यार्थीराजनीति हुँदै राजनीतिमा आएकी सुन्दासले स्याङ्जा को प्रदेश सभा बाट चुनाव जितेकी हुन् सुरुमै महिलासहितको मन्त्रिपरिषदबनाउँदा समावेसी देखिन्थ्यो, त्यसैमाथि दलित पनि हुँदा पहिलो रोजाइमा सुन्दास परेकी हुन्,’ एमालेका एक नेताले भने एमालेबाटपहिलो चरणमै रोशन गाहामगरलाई पनि मन्त्री बनाउने तयारी थियो तर दोस्रो चरणमा प्रमुख मन्त्रालयसहित गाहामगरलाई मन्त्री बनाउनेगरी सुन्दासलाई नियुक्त गरेका हुन्

माओवादी संसदीय दलका नेता चुमान दोस्रो पटक प्रदेश सभामा छिर्दै दोस्रो पटक नै मन्त्री बनेका हुन् माओवादीका केन्द्रीयसदस्यसमेत रहेका चुमान यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए तर, नेकपाविवादमा पार्टी विभाजन भएपछि उनले राजीनामा थिए उनी यसपटक मुख्यमन्त्रीको दाबेदार थिए पूरै कार्यकाल एमालेलाईदिइएकोमा असन्तुष्टी जनाएका चुमान तनहुँ को प्रदेश सभा बाट निर्वाचित भएका हुन्

सशत्र संघर्षदेखि माओवादी आन्दोलनमा लागेका चुमान तनहुँ जिल्ला इन्चार्ज थिए उनी मोहन वैद्य, देव गुरुङहरुसँगै २०७० सालकोचुनाव बहिष्कार गर्दै माओवादीबाट अलग्गिएका थिए तर, रामबहादुर देवसँगै माओवादीमै फर्किएर २०७४ को प्रदेश सभा सदस्यबनेका थिए

धेरै ठाउँमा माओवादीले पराजय बेहोर्दा चुमानले भने दोस्रो पटक चुनाव जितेर फेरि दलको नेता हुँदै मन्त्री बनेका छन् उनले भौतिकपूर्वाधार मन्त्रालय पाउने सम्भावना गण्डकीमा माओवादी यस्तो पार्टी हो, सरकार परिवर्तन भए पनि सधैं सत्ता पक्षमै

राप्रपाबाट मन्त्री बनेका पञ्चराम तमु गण्डकी प्रदेश अध्यक्षसमेत हुन् समानुपातिक निर्वाचन प्रणालीबाट पहिलो पटक सांसद पाएकोराप्रपामा तमुको नाम जनजातितर्फ नम्बरमा थियो तमुसँगै राप्रपाबाट विन्दु पहाडी पनि सांसद छन् विभिन्न देश गएर फर्केका तमुपोखरामा रेस्टुरेन्ट व्यवसायसमेत गर्दै आएका छन् केही वर्षअघिमात्रै राप्रपामा लागेका तमु अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि नजिक छन् अघिल्लो पटक चुनावमा राम्रो नतिजा नल्याएको राप्रपाले यसपटक प्रत्येक्ष जित्न नसके पनि सांसदसहित गण्डकी प्रदेश सभाछिरेको हो अघिल्लो पटक सिट जितेको राष्ट्रिय जनमोर्चा यसपटक गण्डकीमा शून्य

सुरुमा सदस्यीय मन्त्रीपरिषद गठन गरेका खगराजले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद बिस्तार गर्ने उनीनिकट स्रोतको भनाइ सरकार नै धरापमा परेपछि पृथ्वीसुब्बाले मन्त्रालयबाट बढाएर हुँदै ११ सम्म पु¥याएका थिए कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीभएपछि मन्त्रालयको संख्या १२ पुर्‍याएका थिए

यसपटक भने खगराजले मन्त्रालयको संख्या घटाउने बताएका छन् मुख्यमन्त्री नियुक्त भएपछि खगराजले आफूहरुमाथि असाधारणजिम्मेवारी प्राप्त भएको सबै राजनीतिक दलसँग सहकार्य गरेर प्रदेशको औचित्य सावित गर्ने बताएका छन् उनले जनताले धेरैमन्त्रालय नचाहेकाले त्यो संख्या घटाउने उनको भनाइ थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय