२५ पुस, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै घेराबन्दी दबावमा नचल्ने बताएका छन्

सोमबार सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले प्रधानमन्त्रीले निर्णय गर्न सक्छ कि सक्दैन, घेराबन्दीमा पर्छ कि भन्ने चिन्ता नलिन आग्रह गरे

आफू प्रधानमन्त्री नियुक्त भएपछि कतै घेरामा पर्ने हो कि, प्रधानमन्त्रीले निर्णय गर्न सक्ने अवस्था कति हुने होला भन्ने प्रश्न उठेकोपाएको प्रचण्डले बताए हाम्रो सिस्टम, हामीले बनाएको संविधान, संविधानले परिकल्पना गरेको सिस्टममा प्रधानमन्त्री चाहिँप्रधानमन्त्री नै हुन्छउनले भने, ‘उसलाई कसैको प्रभाव, घेरा, दबावमा चल्न हाम्रो संविधानले, हाम्रो ऐन, कानुन मान्यताले छुट दिएकोछैन

उनले अगाडि भने, ‘त्यस्तो ¥यो भने प्रधानमन्त्रीले कुनै किसिमले अर्कै ढंगले चल्ने परिस्थिति बन्न सक्छ तर प्रधानमन्त्री दबावमा वानिरीह भएर बस्ने परिकल्पना हाम्रो संविधानले गरेको छैन उनले प्रधानमन्त्रीले हरेक कुरामा निर्णय दिनुपर्ने त्यसको आधार संविधानहुने पनि बताए त्यसबाहेक न्यूनतम साझा कार्यक्रम पनि हाम्रो सरकारलाई दिशानिर्देशन गर्ने दस्तावेज होउनले भने

सरकारमा रहेका सरकारलाई समर्थन गरेका दलहरु एक ठाउँमा आउने आधार न्यूनतम साझा कार्यक्रम नै रहेको प्रधानमन्त्री प्रचण्डलेबताए आफूहरुले राम्रो काम गर्ने राम्रोबाहेक अरु काम गर्दै नगर्ने उनले दावी गरे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय