अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा प्रो रमजान अलि मिया सम्मानित हुनुभएको छ । कतारको समग्र मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विश्वका विभिन्न मानव अधिकारकर्मिहरुलाई सम्मान गर्ने क्रममा नेपालको तर्फबाट मिया सम्मानित हुनुभएको हो ।

मियाले कतारमा रहेका अप्रवासीहरुको मानव अधिकारको रक्षा एवम् मानव अधिकारको सुनिश्चितता तथा प्रवर्द्धनको निम्ति निर्वाह गर्नुभएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै अन्तरराष्ट्रिय मानव अधिकार संस्था र संयुक्त राष्ट्रसंघिय मानव अधिकार संगठनले उक्त सम्मान प्रदान गरेको हो ।

प्रोफेसर मियाँ लामो समय देखि कतारको राष्ट्रिय मानव अधिकार आयोगसँग आवद्ध रहि मानव सेवाका विविध कार्य गर्दैआउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय