
नेकपाको निरन्तरता सहित माओबादी पृस्थभुमिबाट आएका निष्ठा, सैद्धान्त, विचार, संगठनलाई सर्वस्व ठान्ने नेताहरूलाई महेश बस्नेतले अपमानजनक व्यवहार गरेको खुल्न आएको छ । लामो समयदेखि कम्युनिस्ट राजनीतिमा त्याग र बलिदान गरेका नेताहरूलाई राष्ट्रिय युवा संघ नेपालमा पुर्वाग्रह र द्वेष राख्दै अपमानजनक र निर्मम तरिकाले निरंकुशता र अराजकता लाद्न खोजेको नेताहरूको आरोप रहेको छ ।
पुराना, बैचारिक र सिनियर नेताहरु प्रती महेश बस्नेतको पुर्वाग्रह, द्वेष एवं अपमानजनक व्यवहार खेदजनक छ्न् उहाँहरुको तर्क रहेको छ ।
उहाँ गुटको राजनिती गर्दै पार्टीमा एउटा धारकै बिरुद्ध निर्मम तरिकाले लागेको प्रस्ट भाको छ,र त्यो धारसङ्ग नजिक हुनेहरुलाइ छानी छनी अलग्याउने उहाको रणनिती पार्टी हित बिपरित हुन जान्छ उहाँहरुको आरोप रहेको छ ।
यसैबीच राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष उज्जल घिमिरेले महेश बस्नेतका विरुद्ध केहि निर्मम आरोपहरु लगाउनुभएको छ ।
को हुन घिमिरे ?
गणेशमान, बिज्ञान, नेब बहादुर कुवर,दिपशिखा सम्म कै कार्यकालभर केन्द्रिय कमिटी,केन्द्रिय कार्यालयमा रहेर काम गरेका, सैद्धान्तिक, इमान्दार, बैचारिक, साङ्गठानिक, हक्की, क्रान्तिकारी, बिद्रोही युवा नेताको छवि बनाएका घिमिरे एकताको क्रममा वाइसीएल नेपालका सबैभन्दा सिनियर, एकताका नेतृत्व कर्ता हुनुहुन्थ्यो, उहाँ प्रस्ताबित ब. उपाध्यक्ष हुनुहुन्थ्यो ।
के भन्छन् घिमिरे ?
बस्नेतजिले जबजद्वारा समाजबादको यात्रामा गोलवद्ध गर्नुपर्ने समयमा, कम्युनिस्ट आन्दोलनलाई वैचारिक दिशानिर्देश गर्दै युवाहरूलाई जुझारु, समाजवाद उन्मुख बनाउन, उद्यमशिलतामा जोड्दै राजनीतिक सैद्धान्तिक निपुणता हाँसिल गराउन लाग्नुपर्ने बेलामा, समावेशी र उदाहरणीय टिम बनाउनेतर्फ लाग्नुपर्ने बेलामा अराजक, विचारविहिन, मनोमानी मिसन, व्यक्तिवादी भिजनका साथ आफ्नो राजनीतिक बर्चस्व कायम गर्नेतर्फ लाग्दै युवा संघ नेपाललाई निजि कम्पनीको झैँ व्यवहार गर्दै वैचारिक र सांगठानिक एकतालाई कम्जोर बनाउने किसिमले व्यक्तिवादी पुजा गर्ने थलो बनाउने प्रपन्च गर्दै आएको खुलासा नेता घिमिरेले गरेका छन् ।
उहाँको तेस्तो अपराधिक, अराजनीतिक, गुण्डाशैलिको व्यवहारले पार्टी, कम्युनिस्ट आन्दोलन र देशलाई कतातिर धकेल्छ ? यो विवेचना गर्न आवश्यक छ, घिमिरेको तर्क छ ।
के उहाँको व्यक्तिगत नीति, पद्धती, बिधी, बिचार लाद्ने व्यक्तिगत घर हो पार्टी संगठन ? महेश बस्नेतलाई नेता घिमिरेको प्रश्न रहेको छ । छलफलबाट तर्कने तर आफ्नो गोजिबाट कम्युनिस्ट पार्टीका युवाहरुलाई चलाउन खोज्नु के तर्कसंगत छ? के न्यायपुर्ण छ ? के सैद्धान्तिक र समावेशी छ ?
एक्लै चलाउने र पार्टीको निर्देशको बिरुद्धमा जाने भए उहाँ कस्को, कस्तो अनुशासनमा हुनुहुन्छ ? कुनै विधि र प्रक्रिया वेगर चल्ने उहाँ को हो? उहाँले एक्लै चलाउने भए, उहाँको एकल मर्जी हुने भए किन कार्यालय, किन पदाधिकारी चाहियोत सङ्गठनमा ? आग्रह, पुर्बाग्रह लिँदै सयौँ युवाहरुको राजनैतिक जीवनलाई तिलान्जली दिन उहाले पाउनु हुन्छ? त्यो छुट उहाँलाई छ ?
हामिले दुखमा साथ दिएका हौं सबै केन्द्रीय सदस्य कमरेडलाई महाधिवेसनसम्म प्रतिनिधि आउने वातावरण बनाऔं, बिचमै अलपत्र नपारौ भनेका हौं । घिमिरे भन्छन् ।
अहिले बाहिर आएका जिम्मेवारी देखि यावत निर्णय गर्ने कुनै छलफल भएकै थिएन, छैन । विधि,पद्धती,बिधान र सबैलाइ समेटेर नयाँ सिराबाट युवाहरुलाई कम्युनिस्ट आन्दोलनको रक्षार्थ अघि बढाउ भन्ने हो, उहाँले अपराधिक मनसाय,आसय र प्रबृती भएकालाइ प्रोत्साहन गर्दै , त्यो किसिमको दास मनोवृत्तिको राजनितिकरण गर्ने तर राजनैतिक व्यक्तिहरूलाई अपमान, तिरस्कार, बाइपास गर्दै कम्युनिस्ट आन्दोलनलाई विचारबिहिन, सिद्धान्त बिहिन झोले तवरले अगाडि बढाउने र आफ्नो व्यक्तिगत निति लागू गर्ने व्यवहार व्याप्त देखियो ।
कम्युनिस्ट युवालाई श्रम र उत्पादनमा जोडने, समाजवादमा गोलबद्ध गर्दै राष्ट्रलाई समृद्ध बनाउन प्रशिक्षण गर्नुपर्नेमा महेश बस्नेतले अराजकता, उदण्डता, दादागिरी, चाकडी, गणेश प्रबृत्ति, स्कुलिङ्गमा समाहित गर्ने नियत देखियो । उहाँ सधै आतंकको राजनितीमा इमान्दार राजनितीग्यलाइ तर्साउदै आत्मकेन्द्रित, व्यक्तिवादी नितिमा लाद्न उद्धत छन् ।
त्यही अराजनीतिक, अराजक र विचारहिन तुच्छ प्रवृत्तितिर उहाँ आफूलाई सोझ्याउदै हुनुहुन्छ । उहाँले आफ्नो पद, प्रतिस्ठाको दुरपयोग गर्दै हुनुहुन्छ, संगठनलाई कम्जोर र दलालिकरणतिर उन्मुख गराउँदै हुनुहुन्छ । घिमिरेको गम्भीर आरोप रहेको छ ।