जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ।

भक्तपुर मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमासम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचनाअधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।

यही चैत २७ देखि सुरु भई वैशाख सम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा मदिराका कारण आपराधिक घटना हुनसक्नेसम्भावनालाई ध्यानमा राख्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा प्रशासनको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा भनिएको , ‘खुला वाबोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीगरिनेछ।

जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने जानकारी दिँदैत्यस्ता गतिविधिमा नलाग्न उनले आह्वान गरेका छन। जात्रामा तानिने भैरवको रथमा अधिकार प्राप्त पोसाक लगाएका व्यक्ति वापदाधिकारीबाहेक अन्यलाई नचढ्नसमेत उनले आग्रह गरे।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी चैत ३० गते, वैशाख गते वैशाख गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतकोजात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्ननगरपालिकाले निषेध गरेको छ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्णरुपमा हर्सोल्लासका साथ अहिलेसम्म मनाइँदै आएको यहाँको जात्रालाईयस वर्ष पनि शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न रोक लगाएको जानकारी दिए। जात्रालाईभव्य सभ्यरुपमा सम्पन्न गर्न आह्वान गर्दै मदिरा बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेसमेत बताए

भक्तपुर जिल्ला प्रशासन कार्यालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय