काठमाडौँ — पूर्व गोरखा सैनिक हरि बुढा मगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।
शारीरिक अशक्त रहेका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामासगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन् उनी हुन् । । सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुभन्दाअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले ५ वर्षको पर्खाइपछि
सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुशीदिने विश्वास व्यक्त गरे । शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्यआफूजस्तै साथीहरुमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए ।

‘५ वर्षको धेरै बाधा अड्चनपछि फाइनल्ली म सगरमाथातर्फ प्रस्थान गर्दैछु । शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई विश्वास गर्नधेरै सानातिना सगरमाथा चढ्नुपरेको छ । म धेरै खुशी छु, म मात्रै होइन, म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ । हिमालचढ्न चाहनेलाई हिमाल चढाउनुछ । मेरो आरोहण २ महिनाको हुनेछ,’ उनले भने । सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवैखुट्टा गुमाएका हुन् ।
घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् ।बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गर्नुभएको छ । उनले २०१७ मा मेरा पिक आरोहण गरेका थिए ।उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ माभएको हो ।
