काठमाडौँएमालेले पूर्वउपाध्यक्ष तथा गत महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका नेता भीम रावलसँग छलफल गर्नका लागिउपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको  

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार सचिवालयको शनिबार बसेको बैठकले रावलसँग छलफल गरेर आवश्यक टुंगोमापुग्नका लागि वार्ता टोली गठन गरिएको हो पूर्वउपाध्यक्ष, दसौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमै रहनुभएको तर पार्टीको विधि, विधानअनुसार नचलिकन बसिरहनुभएको भीम रावलसँग कुरा गर्न टुंगोमा पुग्नका लागि ग्रास रुट अभियानको सुदूरपश्चिम अनुगमनगर्ने उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सहइन्चार्ज कर्ण थापा नेतृत्वको समिति गठन भएको ,’ उनले भने 

रावल पछिल्लो समय एमालेसँग असन्तुष्ट छन्  पार्टीले जिम्मेवारी नदिएको भन्दै उनी असन्तुष्ट रहेका हुन्  २०७९ मंसिर कोप्रतिनिधिसभा निर्वाचनमा उनलाई टिकट दिइएको थिएन भने पार्टीमा कुनै जिम्मेवारी पनि दिइएको थिएन 

भीम रावल

चितवनको सौराहामा भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय