नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले आजको दिनमा पहिलो पार्टी भएको बताएका छन्।

निर्वाचनमा एमालेलाई हराउन अनेक जालझेल गर्दा समेत गठबन्धनको केही नलागेको भन्दै उनले एमाले अहिले पनि पहिलो शक्तिभएको बताए।

अर्घाखाँचीको सन्धिखर्कमा आयोजितमिसन ग्रासरुटको अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभा राष्ट्रियसभाका सांसद जोड्दा अहिले पनि एमाले पहिलो पार्टी भएको दाबी गरे।पहिलो पार्टी भएकाले एमाले जिम्मेवार बन्नुपर्ने उनको भनाईछ।

जनताको जनमतलाई कसैले छेक्न नसक्ने भन्दै उनले एमाले झ्यालबाट नभई मूल ढोकाबाट छिरेर देशको नेतृत्व गर्ने बताए। आउँदोनिर्वाचनमा एमाले एक्लैले ५१ प्रतिशत ल्याउने सरकार चलाउने मिसन नैमिसन ग्रासरुटभएको उनले बताए।

सङ्कल्प गर्‍यो भने एमालेले हरेक वडा, पालिका, प्रदेश संघका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने उनले दाबी गरे। एमाले सत्ताप्राप्ति भन्दा संगठन निर्माणमा लागेको उनले बताए।

केपी शर्मा ओली

वर्तमान सरकार स्वाधीनताको रक्षा गर्ने, सुशासन कायम राख्ने, भ्रष्टाचारको अन्त्य गर्ने, विकास समृद्धिको सवालमा निरीह देखिएकोउनले बताए। सत्ता भागबण्डा लगाउने लुछाचुँडीमै सरकारले समय खेर फाली रहेको उनले आरोप लगाए। सरकारलाई ट्र्याकमा ल्याउनखोज्दाखोज्दै पुस १० गते बनेको गठबन्धन भत्काउन देशी विदेशी शक्ति क्रियाशील भएर असफल बनाएको उनको भनाई छ। 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारको चालामाला ठिक नभएकोले यो सरकारले देशलाई स्थिरता दिन नसक्ने बताए।दश/एघार पार्टी मिलेर देशको ढुकुटी रित्ताउनेमा लागिपरेको उनले बताए। भ्रष्टाचार गरेर खाने देश विकासलाई गती दिन नसक्नेभएकाले एमालेप्रति जनताको विश्वास बढेको बताए।

एमालेलाई अगाडी बढ्न नदिन प्रतिक्रियावादी शक्तिहरू लागि परेको उनको भनाई छ। कुन गोरुको सिंग ठुलो भनेर सिउँडी खेल्ने बेलानरहेको भन्दै ओलीले जनतामा गएर एमालेको नीति, विधि मिसन बारे जानकारी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी, स्थाई कमिटी सदस्य डा. राजन भट्टराई, सूर्य थापा, विमला घिमिरे, प्रतिनिधिसभा सांसद बिजुला रायमाझी, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, जिल्ला अध्यक्ष पिताम्बर भुसाललगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय