विराटनगर । चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियु र नेकपा एकीकृतसमाजवादी निकट अनेरास्ववियूको नाम उस्तै देखिँदा विवाद भएको छ । मोरङको सुकुना बहुमुखी क्याम्पस र महेन्द्र मोरङ क्याम्पसमायस्तो विवाद देखिएको हो । एमाले निकट अनेरास्ववियुले आफ्नो नामको पछाडि एमाले लेख्न पाउनुपर्ने माग गरेको छ । अन्य विद्यार्थीसंगठनले भने संगठन दर्ताका क्रममा एमाले उल्लेख नभएको भन्दै त्यसो गर्न नहुने बताउँदै आएका छन् ।
सुकुना बहुमुखी क्याम्पसमा निर्वाचन आयोगले नै एमाले उल्लेख गर्न नमानेको एमाले अखिलको दाबी छ । महेन्द्र मोरङ क्याम्पसमा भनेएमाले उल्लेख गरेर नामावली प्रकाशित भएपछि अन्य विद्यार्थी संगठनले विरोध गरेका छन् । विवाद समाधानका लागि छलफल हुँदैछ ।
उस्तैउस्तै विद्यार्थी संगठनको नाम भएमा आवश्यक सहमतिमा विशेष संकेत प्रयोग गर्न पाउने निर्वाचन निर्देशिका मै उल्लेख छ,’ एमालेअखिलका नेता भाष्कर खनालले भने, ‘त्यसो हुँदा हामीले संगठन दर्ताकै क्रममा अनेरास्ववियु लेखेर पुच्छरमा एमाले कोड गर्न चाहेकाथियौं । हामीलाई एमाले लेख्न नदिने भनेपछि सुकुना क्याम्पसमा समस्या सिर्जना भएको छ ।’
सुकुना बहुमुखी क्याम्पसमा भने स्ववियु निर्वाचनको बेलामा विद्यार्थीका संगठनहरू छुट्टाछुट्टै दर्ता भएका थिए । त्यहाँ कांग्रेस, माओवादी, नेकपा (एस) निकट विद्यार्थी संगठनबीच गठबन्धन भएको छ । सोही गठबन्धनका आधारमा निर्वाचन आयोगले उम्मेदवारको अन्तिमनामावली घोषणा गर्ने समयमा वाम लोकतान्त्रिक गठबन्धन भनेर नामावली प्रकाशन गरेपछि विवाद देखिएको छ ।
‘संगठन दर्ता भइसक्नु भन्दा अगाडि त्यसरी वाम लोकतान्त्रिक भनेर दर्ता गरेको थियो भने हामीले भन्नु केही थिएन । दर्ता नै नभएको वामलोकतान्त्रिक गठबन्धन भनेर अहिले भन्नु स्ववियु निर्वाचन निर्देशिका विरुद्धमा छ,’ खनालले भने, ‘हामीले उठाएका कुरा सच्याएरमात्रैनिर्वाचन हुनसक्छ ।’ सुकुना क्याम्पसमा त्यही दुई वटा विवादका कारण एमाले अखिलले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ ।
सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापतिका उम्मेदवारसमेत रहेका अनेरास्ववियूका नेता सन्तोष लिम्बूले एमाले अखिलले विभिन्नबहाना गरेर निर्वाचन हुन नदिने षड्यन्त्र गरेको बताए । ‘उहाँहरुलाई हामीले नामको पछाडि एमाले लेख्न पनि सहमति दिएका छौं,’ लिम्बूले भने, ‘तर, कहिले के कहिले के भनेर यहाँ चुनाव हार्ने देखेर अखिलले तालाबन्दी र विवाद निकालेको हो ।’
आफूहरुले केन्द्रको निर्देशन र सहमति बमोजिम नै उम्मेदवारी दर्ता तथा गठबन्धन गरेको कारण ‘गठबन्धन’ उल्लेख गर्न पाउने पनिलिम्बूले दाबी गरे ।
यता, महेन्द्र मोरङ क्याम्पसमा भने एमाले अनेरास्ववियुले पुच्छरमा एमाले लेख्न नपाउने अखिल क्रान्तिकारीका नेता अभिमन्यु यादवलेबताए । ‘संगठन दर्ताको समयमा जे लेखेको छ, त्यही हुनुपर्छ,’ उनले भने, ‘अहिले आएर के पुच्छर झुण्ड्याउने, यसो गर्ने, उसो गर्ने भनेरहुँदैन ।’
एमाले अखिलका नेता खनाल भने एउटैजस्तो नाम देखिने र ‘अनेरास्ववियु’को ह्रस्व ‘यु’ र दीर्घ ‘यू’ मात्रै हुँदा विद्यार्थीहरुले सही ठाउँमामतदान नगर्ने दाबी गर्छन् । ‘अनेरास्ववियु मात्रै राख्दा अर्को संगठनको पनि त्यही नाम छ, उम्मेदवार नचिन्ने तर संगठन चिन्नेहरु पनि योनामले कन्फ्युज हुने भए,’ खनालले भने, ‘समानुपातिकतर्फ त झनै डामाडोल हुने अवस्था देखियो, त्यसकारण निर्वाचन निर्देशिका अनुसारहामीले अनेरास्ववियुको पछाडि एमाले राख्नुपर्छ भनेका छौं ।’
दफा ७ मा उम्मेदवार मनोनयन सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा ३ मा निर्वाचन अधिकृतले साङ्केतीकरण गर्नसक्ने उल्लेखछ । ‘छुट्टाछुट्टै संगठन दर्ता भएकाले पनि उम्मेदवारी दिँदा संयुक्त प्यानलको नाममा उम्मेदवारी दिन पाउने छन् । एउटै नाम भएकासङ्गठनहरु भएमा त्यस्ता संगठनका आधिकारिक अध्यक्ष÷सभापति÷प्रमुखहरुसँग छलफल गरी त्यस्ता संगठनको पहिचान दिनअध्यक्षको समूह वा पार्टीको भ्रातृ संगठन भएमा संगठनको पहिचानका लागि पार्टीको साङ्केतीकरण निर्वाचन अधिकृतले गर्न सक्नेछन्,’ निर्देशिकामा उल्लेख छ ।

महेन्द्र मोरङ क्याम्पसमा एमाले अखिल, कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल (क्रान्तिकारी)लगायतले छुट्टाछुट्टै प्यानलबनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
नर्सिङ क्याम्पसमा विवाद यसैबीच विराटनगरस्थित नर्सिङ क्याम्पसमा पनि एमाले अखिल र नेविसंघबीच विवाद
देखिएको छ । नेविसंघले विद्यार्थीलाई संगठन छान्न पाउने अधिकारबाट वञ्चित गरिएको भन्दै आपत्ति जनाएको छ ।
क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरु स्ववियु निर्वाचनको प्रतिस्पर्धामा छन् । तर, क्याम्पस प्रशासनले व्यक्तिगत रुपमाविद्यार्थीहरुलाई कुनै पनि संगठनको पक्षमा नखुल्न भन्दै दबाब दिएपछि विद्यार्थी सन्त्रासमा परेको नेविसंघले जनाएको छ ।
संघका मोरङ जिल्ला अध्यक्ष सरोज पोखरेलले विद्यार्थी संगठनमा समावेश नहुनु भन्दै विद्यार्थीलाई व्यक्तिगत रुपमा सम्पर्क गरेरक्याम्पस प्रमुखले नै धम्क्याएको बताए । ‘क्याम्पस प्रमुखदेखि कर्मचारीहरुसम्मले विद्यार्थीलाई संगठनमा नखुल्न भनेर धाक धम्कीदिएको भन्ने विद्यार्थीहरुले गुनासो गरेका छन्, यस विषयमा हामीले प्रशासनलाई सचेत गराएका छौं,’ पोखरेलले भने ।
नेविसंघका अध्यक्ष पोखरेलले खासगरी नेपाल विद्यार्थी संघ पक्षधर विद्यार्थीलाई क्याम्पस प्रमुखसहितका कर्मचारीले मानसिक तनावदिएको सुनाए । यसअघि संघले विज्ञप्ति प्रकासित गरी विद्यार्थीलाई स्वतन्त्र रुपमा संगठन छान्न पाउने अधिकार कुण्ठित नगर्न भन्दैक्याम्पस प्रशासनलाई सचेत गराएको थियो ।
