तनहुँको बन्दीपुरमा यात्रुवाहक सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शनिबार दिउँसो सवा बजे बन्दीपुर गाउँपालिकानाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो।

दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बाग्मती प्रदेश ०६००१ ००१७नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो।

घाइतेमध्ये चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको भने घाइते सात जनालाईकाठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको छ। चालक नवीन राईको तनहुँमै उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय