मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्र सुदृढहुनेमा विश्वास व्यक्त गरेका छन्। पौडेल निर्वाचित भएपश्चात उनलाई बधाई तथा शुभकामना दिँदै शीर्ष नेताहरूले पौडेलकोकार्यसम्पादन मुलुकको दीर्घकालीन हिततर्फ केन्द्रीत हुनेमा विश्वास व्यक्त गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नवनिर्वाचित राष्ट्रपति पौडेलको कार्यकाल गणतन्त्रको गौरवका रूपमा अद्वितीय रहनेमा विश्वास व्यक्तगरेका छन्।
ट्वीटरमार्फत पौडेलले बधाई दिँदै प्रधानमन्त्री दाहालले लेखेका छन्, ‘राष्ट्रको अभिभावक, संविधानको रक्षक एवं गणतन्त्रको गौरवकारूपमा यहाँको कार्यकाल अद्वितीय रहने विश्वास व्यक्त गर्दै सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त गर्दछु।’
त्यसअघि पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री दाहाल निर्वाचन आयोगले नतिजा घोषणासभामा अन्तिमसम्म बसेर बधाईदिएका थिए। त्यहाँबाट निस्कनेक्रममा उनले ‘राजनीतिको एउटा कोर्स कम्पिलिट भएको’ प्रतिक्रिया दिएका थिए।
यसै बीचमा बिहीबार साँझ नै प्रधानमन्त्री दाहालले नवनिर्वाचित राष्ट्रपति पौडेललाई आफ्नो सरकारी निबास बालुवाटारमा स्वागत गरेकाछन्। प्रधानमन्त्रीको आमन्त्रणपश्चात साँझ नै पौडेल बालुवाटार पुगेका थिए। उनीसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनिबालुवाटार पुगेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पौडेल राष्ट्रपति निर्वाचित भएपछि प्रफुल्लित मुद्रामा देखिएका थिए। नतिजा घोषणासभामाअन्तिमसम्मै पौडेलसँगै रहेर निस्किएका देउवा सोहीक्रममा पौडेलपत्नि सविता पौडेलसँग गफिँदै तस्बिर खिचाउँदै थिए।
यसै क्रममा सभापति देउवाले सामाजिक सञ्जालबाट पनि नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिएका छन्। ‘राष्ट्रपतिमा निर्वाचितहुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई,’ उनले फेसबुकमा लेखेका छन्।
पूर्वप्रधानमन्त्री एबं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रको अभिभावकभएर राष्ट्रको हितलाई सर्वोपरी राखेर अघि बढ्न सुझाव दिए। ‘राष्ट्रपतिले राष्ट्रको हितमा कुठाराघात हुने, देशको शीर निहुरिने कुनैकाम गर्नु हुँदैन्।
नेपाली स्वाभिमानमा आँच पुग्ने कुनै काम गर्नुहुँदैन्,’ उनले भने,‘राष्ट्रका निम्ति आफ्नो जीवन समर्पित हुने सोच राख्नुपर्दछ।’ आजसम्मसंघर्ष र बलिदान गरेर प्राप्त गरेका उपलब्धीहरू संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशी मान्यतालगायतको रक्षा गर्नराष्ट्रपतिले संविधानले दिएका अधिकारको अधीनमा रहेर निर्वाह गर्नुपर्ने उनको सुझाव छ।
यस्तै नेता नेपालले रष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि आठ दलीय गठबन्धन स्वाभाविक रूपमा अघि बढ्ने बताए।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि ट्विटरमार्फत नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदैव्यवस्थामाथि विभिन्न कोणबाट भइरहेको आक्रमणविरुद्ध सफलता मिल्नेमा विश्वास व्यक्त गरेका छन्।
‘नेपाली राजनीतिका निष्ठावान नेता तथा असल मित्र श्री रामचन्द्र पौडेल नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचितहुनुभएकोमा हार्दिक शुभकामना,’ भट्टराईले लेखेका छन्, ‘विगतमा विभिन्न कोंणबाट आक्रमण गरिँदै आएको संघीय लोकतान्त्रिकगणतन्त्र र राष्ट्रिय अस्मिता रक्षा र सुदृढ गर्न सफलता मिलोस्! सबैको जय होस्!’
कांग्रेस उपसभापति खड्काले पौडेल खारिएको व्यक्ति भएकाले उनको भूमिका सफल हुने दाबी गरे। राष्ट्रपति निर्वाचित भएपश्चातसञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले भने, ‘उहाँमा संयोजनको क्षमता छ। योग्यताले खारिएको व्यक्ति हुनुहुन्छ। राष्ट्रपतिकोभूमिकामा सफल हुनुहुनेछ।’ सोही क्रममा उनले कांग्रेस र माओवादी केन्द्रकोबीचमा अनेक राजनीतिक खेल खेल्न अब असम्भव भएकोपनि दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पौडेल सिंगो देशको अभिभावक हुनेमा विश्वास व्यक्त गरेका छन्। ‘मुलुककोराष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय नेता रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई दिन चाहान्छु,’ निर्वाचितभइसकेपछि सामाजिक सञ्जालमा बधाई दिँदै लामिछानेले अगाडि लेखेका छन्, ‘सिंगो देशको अभिभावक बन्नुहुनेछ भन्ने कुरामा पूर्णविश्वास लिएको छु।’ त्यसअघि रास्वपाको बैठक बसेर राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने निर्णय गरेको थियो।
यसैगरी, कांग्रेसकै पूर्व उपसभापति प्रकाशमान सिंह, नेता शेखर कोइराला, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतकानेताहरूले पनि सामाजिक सञ्जालमार्फत पौडेललाई बधाई दिएका छन्।
नवनिर्वाचित राष्ट्रपति पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि सबैलाई धन्यवाद दिएका छन्। राष्ट्रपति निर्वाचित भएको प्रमाणपत्र बुझेरनयाँबानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै सबैलाई धन्यवाद दिएका हुन्। उनले भने, ‘सबैलाई धन्यवाद छ। पछि कुरा गर्छु म।’
