नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिमा उपयुक्त पात्र माधवकुमार नेपाल भएको बताएका छन्।
बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रिय सहमति हुनका लागि उपयुक्त दलआफूहरु भएको र उपयुक्त पात्र पनि अध्यक्ष माधवकुमार नेपाल भएको बताएका हुन्।
उनले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन्। राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्यभएको उनको भनाइ छ।

सांसद ज्वालाले नेपालले संविधान निर्माणमा खेलेको भुमिका, देशको निम्ति गरेको योगदानका कारण उनको चर्चा हुनु स्वभाविक भएकोबताए।
