काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न सरकार गम्भीर भएरलागेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेललेलघुवित्तमा देखिएका समस्या समाधानको लागि सरोकारवालाहरुसँग छलफल भइरहेको बताए ।
उनले विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरु समेत भइसकेको दाबी गरे । अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमादेखिएका समस्याले ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायले काम थालनी गरेकोबताए । उनले भने ‘सरोकारवालाहरुसहित बैठक बसेका छौं । केही मत्त्वपूर्ण निर्णयहरु पनि गरेका छौं । लघुवित्तमा समस्या आउनुकाकारणहरु खोजेर समाधानको लागि सम्बन्धित निकाय लागिसकेका छन् । त्यसका परिणामहरु आउँदैछन् ।’

सरकारका नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजना अगाडि बढाइएकोउनले बताए । अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गर्न सरकार केन्द्रित भइरहेको मन्त्री पौडेलको दाबी छ । सरकार निजीक्षेत्रका सरोकार र समस्याहरुलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको भन्दै अर्थमन्त्री पौडेलले राजश्व परिचालन, अन्तर्राष्ट्रिय सहयोगपरिचालन र पुँजीगत खर्च बढाउनेतर्फ आफू गम्भीर भएर लाग्ने बताए ।
