काठमाडौँनेकपा एकीकृत समाजवादी (एस) ले राष्ट्रपति निर्वाचनमा एमाले कांग्रेस दुवैतिर शक्तिका लागि बार्गेनिङ गर्ने रणनीतिलिएको बुधबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा सकेसम्म राष्ट्रियसहमति बन्नुपर्ने, यदि त्यस्तो सहमति नभए सम्भावित समीकरणमा आफ्नो दल संसद्मा रहेका सबै राजनीतिक दलसँग संवादका लागिखुला रहने निर्णय गरेको

सत्ता गठबन्धनमा भएको शक्ति बाँडफाँटको विषयमा असमझदारी सिर्जना हुँदा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान लिइरहेका छन्  तर अर्को सत्ताघटक नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले एमालेबाट राष्ट्रपति नबन्ने अवस्थामा राष्ट्रिय सहमतिबाटै राष्ट्रपतिका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको नामअनौपचारिक रुपमा अघि सारेका छन् 

ओलीले सोमबार मात्रै अध्यक्ष नेपाललाई भेटेर पार्टी एकता गर्ने शर्तसहित राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए  नेताहरूका अनुसारबुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री दाहालसँगको भेटमा समेत ओलीले नेपाललाई राष्ट्रपतिबनाउन राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रस्ताव गरेका छन् 

यद्यपि प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको अडान लिइरहँदा राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुने वा कुन दलको कस्तोपोजिसन हुने भन्ने निश्चित भइसकेको छैन  माओवादी केन्द्रले यसअघि नै राष्ट्रपतिमा एमालेभन्दा फरक दलको उम्मेदवारको खोजीहुनुपर्ने निर्णय गरिसकेको भने प्रधानमन्त्री दाहालले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउन कांग्रेस नेताहरूलाई वचन नै दिइसकेकोकांग्रेस नेताहरूको दाबी  

राष्ट्रपति निर्वाचनबारे अन्योल सिर्जना भइरहेका बेला नेकपा एसले भने मध्यमार्गी बनेर एमाले कांग्रेस दुवै दलसँग बार्गेनिङ गर्ने बाटोबनाएको हो  तर, पार्टी एकताकै तहसम्म भने अहिले सोच नबनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए 

उनले सकेसम्म राष्ट्रिय सहमति गरेर सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्नुपर्नेमा पार्टीको जोड रहेको समेत बताए हामीले सकेसम्मसर्वसम्मतरुपमा राष्ट्रपति चयन गरौं भनेका छौं  यदि राष्ट्रिय सहमति हुँदैन भने हामी जोसँग पनि सहकार्यका लागि तयार छौं, त्यस्तोसम्भावित समीकरणका लागि सबै दलसँग छलफल गर्न तयार छौं,’ उनले भने, ‘तर राष्ट्रपति निर्वाचनकै समीकरणमा सामेल हुने गरी कुनैपनि दलसँग हाम्रो पार्टी एकता हुँदैन 

एमालेले पार्टी एकताको शर्तसहित राष्ट्रपतिका लागि प्रस्ताव गरेको बाहिरिए पनि अध्यक्ष नेपालले बुधबार बसेको पार्टीको सचिवालयबैठकमा त्यसबारे उल्लेख नगरेको नेताहरूको दाबी  अध्यक्षजीले बैठकमा अहिले भइरहेका राजनीतिक घटनाक्रमबारे ब्रिफिङगर्नुभयो तर अहिलेसम्म हामीलाई कसैले पनि राष्ट्रपति बन्न प्रस्ताव गरेको भनेर सुनाउनुभएन,’ बैठकपछि नेता झलनाथ खनालले भने 

बैठकले राष्ट्रपति निर्वाचनमा नेकपा एसको पनि भूमिका हुने त्यसका लागि संसद्मा भएका सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णयगरेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए 

अध्यक्ष नेपालले मंगलबार मात्रै राष्ट्रपतिको निर्वाचनकै बेला बन्ने गठबन्धनहरूमा राजनीतिक पदहरूको बाँडफाँट हुँदा आफ्नो पार्टीलाईपनि भूमिका दिनुपर्ने बताएका थिए  दाङमा मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालले भनेका थिए, ‘चाहना राख्ने बेग्लै कुरा हो मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन, तर अब कुनै पनि गठबन्धन बन्दा पावर सेयरिङमा हाम्रोपार्टीको पनि भूमिका हुनुपर्छ  पावर सेयरिङमा भूमिका नभए अरूको निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुराहुन सक्दैन 

निर्वाचनमा कांग्रेससहित पाँच दलीय गठबन्धनको बलमा प्रतिनिधिसभामा १० सिट जितेको नेकपा एस तत्कालीन गठबन्धनको शक्तिबाँडफाँटको हिस्सेदार थियो, तर कांग्रेस माओवादीबीचको सहमति भड्किएपछि प्रतिपक्षी कित्तामा पुगेको थियो  गठबन्धन टुटेरमाओवादी अध्यक्ष दाहाल एमालेको सहयोगमा प्रधानमन्त्री बनेपनि कांग्रेससँग निरन्तर संवादमा रहेका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाईविश्वासको मत दिने वातावरण बनाएका थिए 

प्रतिनिधिसभाको सभामुख उपसभामुखमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेको नेकपा एसले प्रदेश सरकार प्रदेशसभाका सभामुख उपसभामुखमा पनि कांग्रेससँग सहकार्य गरेको थियो  कांग्रेस नेताहरू १० पुसपछि फेरि कांग्रेस माओवादीबीच संवादको वातावरणबनाउनेमा नेपालको प्रमुख भूमिका रहेको बताउँछन्  त्यही संवादको निरन्तरताले अहिले प्रधानमन्त्री दाहाल फेरि कांग्रेससहितको पाँचदलीय गठबन्धन ब्युँताउन तयार भएको नेताहरूको दाबी  

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहाल एमाले उम्मेदवारलाई नसघाउने निष्कर्षमा पुगिसकेको अवस्थामा नेपालले भने शक्ति बाँडफाँटमाहिस्सा हुनुपर्ने तर्क अघि सारेका हुन् एमालेले माधव नेपालको कार्ड फ्याँकेर अल्मल्याउन खोजेको हो  तर, त्यो कार्डले माधवनेपाललाई नै बार्गेनिङ गर्न सहज बनाइदिएको ,’ कांग्रेसका एक नेताले भने, ‘उहाँ १० पुसपछि निरन्तर कांग्रेससँगै हुनुहुन्छ  त्यसैलेअहिले एक्कासी एमालेको भर पर्नुहोला भन्ने लाग्दैन तर अब बन्ने गठबन्धनमा उहाँको बार्गेनिङ पावर भने बढेको   हिजोजस्तो अब १०सिटको दलभनेर पन्छाएर हिँड्न मिल्ने अवस्थाचाहिँ देखिरहेको छैन 

एमालेले नेपाललाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्न प्रस्ताव गरेको बाहिरिएपछि मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालेनेपाललाई उनकै निवासमा पुगेर भेटेका छन्  कोटेश्वरस्थित उनको निवासमा करिब डेढ घण्टासम्म देउवा नेपालबीच संवाद भएकोथियो  देउवानिकट एक नेताले नेपालले कांग्रेसबाटै राष्ट्रपति चुन्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएको तर शक्ति बाँडफाँटकाविषयमा भने आफ्नो पार्टीको हिस्सेदारीको सुनिश्चितता खोजेको बताए 

अध्यक्ष नेपालले तत्कालीन पाँच दलीय गठबन्धनमा प्रधानमन्त्रीका लागि दाबी गरेका थिए  त्यसबेला प्रधानमन्त्रीमा वर्षआलोपालो गर्ने चर्चा समेत चलेको थियो 

राष्ट्रपति निर्वाचनपछि बन्ने समीकरणबारे अहिले नै प्रष्ट छलफल नभएपनि नेपाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल सुरुभइसकेको , उहाँ हामीसँगै हुनुहुन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले भने, ‘हामी कांग्रेस नेतृत्वको पुरानै पाँच दलीय गठबन्धन ब्युँतिन्छभन्नेमा ढुक्क छौं 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय