मुलुकमा विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको अवस्थामा विदेशबाट आउने रेमिटेन्स भने बढेको छ।नेपाल राष्ट्र बैंकले सोमबारसार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको महिनामा खर्ब ८५ अर्ब करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ।पोहोरकोतुलनामा विप्रेषण आप्रवाह २४ दशमलव प्रतिशतले बढेको छ।

पोहोरको सोही अवधिमा रेमिटेन्स आप्रवाह प्रतिशतले घटेको भए पनि यो वर्ष रेमिटेन्स आप्रवाह बढ्दा मुलुकको अर्थतन्त्रलाई राहतपुगेको छ।अर्थतन्त्रको आन्तरिक पक्षमा समस्या देखिए पनि बाह्य पक्षमा भने क्रमशः सुधार हुँदै आएको छ। अमेरिकी डलरमा विप्रेषणआप्रवाह १३ दशमलव प्रतिशतले बढेर अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागिअन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४ दशमलव प्रतिशतले बढेर लाख ७५ हजार सय ४३ पुगेको छ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ। विदेशी मुद्राको सञ्चिति बढेर १०अर्ब ३० करोड डलर पुगेको छ।पोहोर पुस मसान्तमा यस्तो सञ्चिति अर्ब ८९ करोड अमेरिकी डलर थियो। गत वर्ष विदेशी मुद्राकोसञ्चिति घट्दै गएको भन्दै राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन लगाउने व्याजदर बढाउने नीति लिएको थियो। अहिले भने राष्ट्र बैंकलेआयातमा लगाएको प्रतिबन्ध खुलाएको छ। राष्ट्र बैंकको उक्त नीतिपछि पनि विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको थिएन। गतअसार मसान्तमा अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति महिनामा ७६ करोड डलरले बढेको हो।गत वर्षको २०७८कात्तिक मसान्तमा विदेशी मुद्राको सञ्चिति १० अर्ब ४७ करोड डलर रहेको थियो।पुस मसान्तमा १४ महिना यताकै धेरै विदेशी मुद्राकोसञ्चिति कायम भएको छ।

समीक्षा अवधिमा चालु खाता २९ अर्ब ४७ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता सय ५२ अर्ब१६ करोडले घाटामा रहेको थियो।अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा अर्ब ९५ करोडले घाटामा रहेको चालु खातासमीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ।समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९. प्रतिशतले कमी आई अर्ब ४३करोड रूपैयाँ कायम भएको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रूपैयाँ पुगेको छ।अघिल्लो वर्षको सोही अवधिमापुँजीगत ट्रान्सफर अर्ब ४८ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रूपैयाँ रहेको छ।

बजारमा महँगी भने बढेको छ। पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति .८२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। पोहोरकोसोही अवधिमा यस्तो मुद्रास्फीति .०८ प्रतिशत रहेको थियो।उपभोग्य वस्तु, मध्यवर्ती वस्तु पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः.४७ प्रतिशत, १३.८० प्रतिशत .५० प्रतिशत रहेको भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि १०.६७ प्रतिशत रहेको छ।वार्षिकबिन्दुगत उपभोक्ता मुद्रास्फीति .२६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति .६५ प्रतिशत रहेकोथियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति .६२ प्रतिशत गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति .५७ प्रतिशतरहेको छ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क१५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको .७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको .५६प्रतिशत, मदिराजन्य पेय पदार्थको .८४ प्रतिशतले बढेको छ।

त्यसैगरी, गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको .७६ प्रतिशत, विविध वस्तु तथा सेवाको .६८ प्रतिशत फर्निसिङ तथा घरायसी उपकरणहरूको .३३प्रतिशतले बढेको छ। समीक्षा महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा .९३ प्रतिशत, तराईमा .४९ प्रतिशत, पहाडमा .३०प्रतिशत हिमालमा .६९ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ पुस महिनामा यी क्षेत्रहरूमा क्रमशः .२८ प्रतिशत, .१५ प्रतिशत, .३४ प्रतिशत .२२ प्रतिशत रहेको   यता आयात निर्यात भने घटेको छ।

महिनामा कुल वस्तु निर्यात ३२. प्रतिशतले कमी आई ८० अर्ब ८१ करोड कायम भएको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तोनिर्यात ९५. प्रतिशतले वृद्धि भएको थियो। भारत चीनतर्फ भएको निर्यात क्रमशः ४०. प्रतिशत २५. प्रतिशतले कमी आएको छ।कुल वस्तु आयात २०. प्रतिशतले कमी आई सय ९२ अर्ब ६७ करोड रूपैयाँ कायम भएकोछ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१. प्रतिशतले बढेको थियो।वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथाअन्य मुलुकबाट भएको आयात क्रमशः १९. प्रतिशत, २४. प्रतिशत २१. प्रतिशतले कमी आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय