पोखराप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानसभा शान्ति सम्झौताका निम्ति काम गरेका पार्टीहरुराष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन एक ठाउँमा उभिनुपर्ने बताएका छन् नेकपा (माओवादी केन्द्र) गण्डकीको छैटौं पूर्ण बैठकलाईसोमबार पोखरामा सम्बोधन गर्दै उनले राष्ट्रपति उपराष्ट्रपति, सभामुख उपसभामुख पदमा राष्ट्रिय सहमति गर्नु उचित हुने बताए  

जनयुद्धको बेलामा माघ १९ माकुहुँदा ज्ञानेन्द्रको कलाविहीन नाटक भनेको थिएँ  अहिले देख्नुभयो नि मेचीमा कलाविहीन नाटक हिजो गतेको वक्तव्य हेर्नुभयो भने च्यालेन्ज जस्तो, त्यो हिम्मत कसरी भयो !,’ उनले भने, ‘यस्तो परिस्थितिमा हाम्रो भनाइ के हो भने १२बुँदे समझदारी, शान्ति सम्झौता, संविधानसभा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ 

ज्ञानेन्द्रको सक्रियतालाई इंगित गर्दै उनले थपे, ‘यदि एक ठाउँमा नउभिने हो भने जस्तो हावा चल्न थाल्या नि, दूषित हावा, उल्टो हावा सुल्टो हावा चलिरहेको छैन नि  अहिलेको चुनावमा पनि धेरै सुल्टो चलेको होइन, उल्टो चलेको देखियो 

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिल्यै केही नहुने भए पनि अर्थतन्त्रको सुधार, राजनीतिक स्थायित्व, लोकतान्त्रिक गणतन्त्रकोसुदृढीकरणका निम्ति एक ठाउँमा उभिन जरुरी रहकोले राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनले दोहोर्‍याए 

सबैमा राष्ट्रिय सहमति भनेको पनि होइन, ०४६, ०६२/०६३ ०७२ मा जसरी राष्ट्रिय सहमति भयो, राष्ट्रिय सहमति गरेरै यो परिवर्तनभएको हो,’ उनले थपे, ‘अहिले अप्ठेरो भने राष्ट्रिय सहमति गरेर जाऔं भनेको हो  राष्ट्रिय सहमति विभिन्न रूपले हुन सक्छ राष्ट्रपतिमा साझा व्यक्तित्व खोजेर पनि राष्ट्रिय सहमति हुन सक्छ  कुनै पार्टीको मान्छेमा सबैले सहमति गर्दा त्यो पनि राष्ट्रिय सहमतिहुन सक्छ वा एउटा पार्टीले राष्ट्रपति, अर्कोले प्रधानमन्त्री, अर्कोले सभामुख लिएर पनि राष्ट्रिय सहमति बन्न सक्छ  केही सिप लागेनभने चुनाव गरेर पनि राष्ट्रिय सहमति हुन्छ हुन   चुनाव गराउ भन्ने हो भने राष्ट्रिय सहमति त्यहीँबाट हुन्छ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय