काठमाडौँपूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् दुई चारजना वरपर देखेमा जोस्सिएर पूर्वराजा शाहले विज्ञप्ति दिने गरेको ओलीको भनाइ थियो

आइतबार विराटनगर विमानस्थलमा ओलीलाई पत्रकारहरूले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले राजनीतिक दलहरूलाईआफूसँग मिलेर जान भनी दिएको सन्देशलाई लिएर प्रश्न गरेका थिए ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ  उहाँलाई अझै पनि त्योपुरानो झल्को आइराख्छ  त्यो झल्काले, दुईचारजना मान्छे वरपर देख्यो भने उहाँलाई अलिअलि जोस्याउँछ  यतिमात्र हो,’ उनले भने 

मुलुकको अवस्था बिग्रिएको भनेर पूर्वराजा शाहले दिएको अभिव्यक्तिमा पनि सत्तारुढ दलका प्रमुख नेता ओलीले प्रतिप्रश्न गरेकाथिए अहिलेभन्दा १५ वर्ष अगाडिसम्म २४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन ? के बनाउनुभएको थियो उहाँहरूले ? अरुदेशहरूको तुलनामा कहाँ पुर्‍याउनुभएको थियो देश ? १५ वर्षमा कतिवटा कुरा मिल्दै होलान्, मिलाउनै पर्ने होला,’ ओलीले भने, ‘१५ वर्ष हो, २५० वर्ष खाएको छैन होला नि जनताले !’

शाहले राखेको सहकार्यको प्रस्तावको जवाफमा ओलीको जवाफ थियो, ‘कोसँग, केसँग सहकार्य ? ज्ञानेन्द्रजी आएर राजनीतिमाहिँडिराख्नुभएको   अस्ति मेचीमा गएर दियो बाल्नुभयो क्यार  भएकै  

शाहले प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू लामो समय देशभक्तिपूर्णऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यमा ढिलाइ गर्न नहुने अभिव्यक्ति दिएका थिए 

पूर्वराजा शाहलाई एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले दिएको साथलाई लिएर कारबाही हुन्छ कि हुन्न भन्ने प्रश्न पत्रकारहरूलेओलीलाई सोधेका थिए  जवाफमा ओलीले सबै कुरा समयसँगै हुँदै जाने जवाफ फर्काएका थिए कारबाहीको किन चिन्ता भयो भीम रावलजी एकातिर बोल्नुभएको , आफ्नै ढंगले चल्नुभएको   अर्को आफ्नै ढंगले  पानीले आफ्नो लेभल आफैं मिलाउँछ, मिलाउँदै जान्छ  त्यसमा धेरै हतार गर्नु पर्दैन,’ उनले भने 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय