भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकलेबताएका छन् उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको भने अनुहार हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावनादेखिएको चिकित्सकहरुले बताएका छन्

जसकारण तत्कालै अर्को सर्जरी गर्न नपर्ने चिकित्सकहरुको भनाइ   ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका सांसदभण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको  

अस्पताल परिसरमा रहेका कांग्रेस नेता योगराज कँडेलकाअनुसार शनिबार मध्यान्ह काउन्सिलिङपछि डाक्टर सुनिल केस्वानीसहितकोचिकित्सकहरुको टिमले भण्डारी अब खतरामुक्त बनेको जनाएका छन्  शनिबारदेखि भण्डारीलाई पाइपमार्फत् खाना खुवाउने तयारी  शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो 

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी उनकी आमा जलेर घाइते भएकाथिए  उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो 

सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको बिहीबार बिहान उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा निधन भयो  सांसदभण्डारीलाई भने बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत उपचारकालागि मुम्बई पुर्‍याइएको थियो 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय