जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी आउने

२० लाखले दर्शन गर्ने पुशपति विकास कोषको अपेक्षा                 पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि बेडसहितको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहनेछ।

यसैगरी सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० वटा स्वास्थ्य शिविर रहेनछन्। आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स आगो नियन्त्रक साधन उपलब्ध हुनेछ।

त्यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग , भुवनेश्वरी नजिकशंकराचार्य मठ पछाडि , बज्रघर दक्षिणतर्फ , राममन्दिर नजिक वागमती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएकोछ। त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका तिलगंगामा समेत रहनेछ।

त्यस्तै कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ। दर्शन मार्गको रुपमागुह्वेश्वरीगौरीघाट, उमाकुण्डदक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट लाइन, मित्रपार्कजयवागेश्वरीइंटापाखा भएरभुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट लाइन, बत्तिसपुतलीगौशाला, एयरपोर्टतिलगंगा भएर पिंगलास्थानसुमार्गी भवन अघिबाट चार शिवालयपञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ प्लस लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शनलाइनहरु रहनेछन्।

तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान बजेभित्र भुवनेश्वरस्थितफलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ।

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागिः तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरीवृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ।

त्यस्तै एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरुको चापलाई ध्यानमा राखि सडकको आधा भागमा सार्वजनिक सवारी गुड्नदिने आवश्यक्ता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ। सडक छेउमा फुटपाथका कुनैपनि पसल राख्न नदिने कोषलेजनाएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय