काठमाडौँमन्त्रालय मातहतका निकाय तथा आयोगहरूले आयोजना गर्ने अतिथि सत्कार एवम् चिया खाजामा अनिवार्य रुपमा नेपालीउत्पादन प्रयोग गर्नु पर्ने भएको उद्योग मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकार मातहतका निकाय तथा अन्य आयोगलाईअतिथि सत्कार एवम् चिया खाजामा नेपाली उत्पादन प्रयोग गर्न भनेको       सार्वजनिक निकायले आफ्नो उपयोगको लागिस्टेसनरी, फर्निचरफिक्चर्स, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म सबै नेपाली उत्पादन नै खरिद गर्नुपर्ने उपलब्ध नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने विज्ञप्तिमा उल्लेख सार्वजनिक खरिद नियमावली, २०६४को नियम १७ बमोजिम कुनै विधि छनोट गरी खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशत महँगो भएतापनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै सोही बमोजिम खरिद गर्नुपर्ने मन्त्रालयले जनाएको

स्वदेशी माल सामान वा वस्तुको उत्पति प्रमाणपत्रको विवरण नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, व्यापार तथानिकासी प्रवर्द्धन केन्द्र नेपाल चेम्बर अफ कमर्स तथा मतहतका निकायले आफ्नो वेवसाइटमा प्रकाशन गर्ने सार्वजनिक निकायले सोविवरणलाई समेत आधार लिई स्पदेशी वस्तु खरिद गर्नुपर्ने स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमाआफ्नो उत्पादनलाई सूचीकृत गराउनु पर्ने मन्त्रालयले जनाएको

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुस २५ गते स्वेदशी उत्पादन स्वदेशी उपभोगलाई प्रोत्साहन गर्न सरकारका मुख्यसचिव सचिवहरुलाई निर्देशन दिएको थियो सरकारको नीतिगत प्राथमिकता न्यूनतम कार्यक्रममा स्वेदशी उत्पादन स्वदेशीउपभोगलाई प्रोत्साहन गरी बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित आयात प्रतिस्थापन गर्ने प्रकृतिकाउपभोग्य वस्तुको उत्पादन उपभोगलाई जोड दिने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय